दोधारा चाँदनीको ढकनाघाटमा एमालेका प्रदेश सभा सदस्य उम्मेदवार विष्टले भने– जनताले दिएको मतको सही सदुपयोग गर्छौ

भानु बहुमुखी क्याम्पसलाई सुप विश्वविद्यालयको आङ्गिक बनाएर शैक्षिक हब बनाउँछौ

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ ख का प्रदेश सभा सदस्य उम्मेदवार एमाले जिल्ला अध्यक्ष सुरेन्द्र विष्टले निर्वाचनमा जनताले दिएको मतको सही सदुपयोग हुने बताएका छन् । दोधारा चाँदनी नगरपालिका ९ ढकनाघाटस्थित चुनावी भेटघाट कार्यक्रममा उनले देशभर एमालेको पक्षमा जनलहर आउनेमा ढुक्क भएको उल्लेख गरे ।

‘जनताको मतको सही सदुपयोग गर्छौ, चुनाव गरिएका वाचा सबै पूरा गर्छाै’ उनले भने,‘त्यसका लागि यहा“हरु सबैको साथ र सहयोगको आश छ ।’

janjyoti campus

एमाले जिल्ला अध्यक्ष विष्टले आफू आफू भीमदत्त नगरपालिकाको मेयर हु“दा चुनावमा गरेका वाचा पूरा गरेको उल्लेख गर्दै आफू प्रतिवद्धता पूरा गरी छाड्ने बताए । २०७४ को स्थानीय तह निर्वाचनमा उनी भीमदत्त नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

कार्यक्रममा विष्टले आफ्नो पाँच वर्षे कार्यकालमा नगरपालिकाको उत्तरी क्षेत्रमा जैविक धार्मिक पर्यटन मार्ग र दक्षिण क्षेत्रमा शुक्लाफा“टा पर्यटन मार्ग निर्माण गरी भीमदत्तमा बाह्य र भित्री चक्रपथ बानाउने कार्य थालनी गरिएको उल्लेख गरे ।

भीमदत्त नगरपालिका सबै वडा कार्यालयका भवन बनाएका उनी मेयर भएपछि भीनपा ९ को खल्ला मुसेट्टीसम्म गाडी पुगाएका थिए । वर्षौैदेखि अन्धकार खल्ला मुसेट्टी र टेलिफोन सेवा मेयर विष्टको कार्यकालमा पुगेको थियो ।

सुदूरपश्चिममै उनले मेयर भएर प्राविधिक शिक्षा सञ्चालन ल्याएका छन् । सरकारी शुल्कमा प्राविधिक जनशक्ति उत्पादन गर्न महाकाली बहु प्राविधिक शिक्षालय विष्टले स्थापना गरेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्तापछि आयोजित पत्रकार सम्मेलनमा उनले खल्ला मुसेट्टी र कुतियाकवरको पीडाले आफूलाई छोएको उल्लेख गरेका थिए ।

‘ पा“च वर्ष अघि मेयरमा चुनाव लड्दै गर्दा खल्ला मुसेट्टीको त्यस्तो अवस्था थियो, केही काम गर्न सके, मलाई कुतियावकर पनि त्यतिक्कै दुख्छ, सशस्त्र द्वन्द्वका बेलामा मान्छेका घर आगजनी भएको घट्ना दुख्छ, बाढीको पीडा दुख्छ’ उनले भनेका थिए,‘यस पटक कुतियावकर सहित यस क्षेत्रमा केही गरौ भन्ने लक्ष्य लिएर आएको छु ।’

उनले कुतियवारदेखि खैरभट्टी अभियान सञ्चालन गर्ने घोषणा गरेका थिए । त्यस दिन उनले भानु बहमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक क्याम्पस हुन नसकेको चिन्ता जाहेर गरेका थिए ।

चुनावी भेटघाटमा पनि उनले दोधारा चा“दनीको भानु बहुमुखी क्याम्पस सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको आंगिक क्याम्पस हुन नसकेकोमा विष्टले चिन्ता जनाए । भानु बहुमुखी क्याम्पसलाई आंगिक बनाएर दोधारा चा“दनीको शैक्षिक हब बनाउने योजना उनले सुनाए ।

कार्यक्रममा उम्मेदवार विष्ट सहित एमाले दोधारा चा“दनीका ईन्चार्ज राजिव खड्का, एमाले दोधारा चा“दनी– ९ वडा कमिटी अध्यक्ष तथा वडा नं. ९ का वडाध्यक्ष गोपीलाल कडेंल, ८ का वडा अध्यक्ष ओंम प्रकाश रोकाया, एमाले दोधारा चा“दनी नगर सचिव गणेश भाट, दोधारा चा“दनी– १ का वडाध्यक्ष तथा राप्रपा क्षेत्रिय अध्यक्ष बिक्रम चन्द राप्रपा सुदूरपश्चिम प्रदेश प्रदेश कमिटि सदस्य तमान सिंह गुरुङ्ग लगायतका सहभागी भएका छन् ।

ghar sansar
सम्बन्धित
Loading...