ghar sansar

पुनर्वासमा विप्लवका नेता सहित माओवादी केन्द्र प्रवेश

little buddha academy
khasi

महेन्द्रनगर । पुनर्वास नगरपालिकामा नेकपा विप्लवका नेता बिर्ख विक सहित विभिन्न दलका कार्यकर्ता नेकपा माओवादी केन्द्र प्रवेश गरेका छन् ।

dirghayi clinic

उनीहरुमा प्रेम बहादुर विक, श्याम राना, भगिरथ राना, बल बहादुर सुनार, राम बहादुर विक, सीता विक, भरत आउजी, कुल बहादुृर सुनार, ललित विक, हस्त बहादुर विक, बिर सिह राना, रामसिह राना, बहादुर सुनार छन् ।

माओवादी प्रवेस गरेका विप्लव नेता कार्यकर्ताहरुले आफ्नै घर फर्किएर पार्टी निर्माणदेखि संविधानको रक्षा राजनीतिक स्थायित्व र दिगो विकास, सम्बृद्धिका लागि पाटी बलियो बनाउँदै बाम लोकतान्त्रिक गठबन्धन जिताउने घोषणा गरेका छन् ।

उनीहरुलाई माओवादी केन्द्रका पोल्टिब्यूरो सदस्य ओम पुन, माओवादी नेतृ, पुर्वमन्त्री एव बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र १का प्रतिनिधी सभा सदस्यका उम्मेदवार बिना मगर, माओवादी नेताहरु रामदत्त भट्ट,कञ्चन गिरी, फुलन राना सहितले स्वागत गरेका छन ।

Himal dental
सम्बन्धित
Loading...