ghar sansar

दोधारा चाँदनीमा एमाले उम्मेदवार चुनावी घरदैलोमा व्यस्त, फराकिलो मत अन्तरले अग्रता लिने नेताहरुको दावी

dirghayu ad

दोधारा । नेकपा एमालेका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवार दोधारा चाँदनीम चुनावी घरदैलोलाई निरन्तरता दिएका छन् । एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल र प्रदेश सभा ३ (ख) मा उम्मेदवार सुरेन्द्र विष्टले शुक्रबारदेखि चुनावी घरदैलो थालेका हुन् ।

शुक्रबारदेखि घरदैलोमा रहेका विष्टले शनिबार पनि निरन्तता दिएका छन् । नेकपा एमाले कञ्चनपुरका पार्टी अध्यक्ष समेत रहेका विष्टले दुई वटै तहमा चुनाव जित्न पार्टीका स्थानीय नेता कार्यकर्तालाई परिचालन समेत गरेका छन् । एमाले उम्मेदवारहरुले दुई दिन ढकनाघाट देखी वडा नम्बर ३, ६, र ७ का केही बस्तीहरुमा घरदैलो तथा भेटघाट गरेका छन् ।

ratnam malkhad

नेकपा एमालेले शनिबारनै नगरका सबै वडामा संयुक्त चुनावी सम्र्पक कार्यालय समेत उद्धघाटन गरेको छ । कञ्चनपुर ३ मा राप्रपा नेपाल संग चुनावी तालमेल गरेको नेकपा एमालेले संयुक्त रुपमा चुनावी कार्यक्रम सञ्चालन गरिरहेको छन् । शनिबार दोधारा चाँदनी वडा नम्बर २, ३ र ४ मा वडा कार्यालय स्थापना गरिएको छ ।

एमालेले प्रतिनिधि सभा र प्रदेश सभामा निर्वाचन जित्ने रणनीति बनाएको छ् । दोधारा चाँदनीमा स्थानीय पालिका जितेको एमाले बलियो मनोबलका साथ त्यहाँ परिचालन भएका छन् । पार्टी नेतृत्वको सरकार र विगतमा आफुहरुले गरेका काम जनता माझ लिएर गएको एमालेले स्थानीय र राष्ट्रिय विकास मुद्धा सहित चुनावमा होमिएको छन् ।

एमालेले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माण, मझगाउँ विमानस्थल सञ्चालन, दोधारा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति तथा सेवा विस्तार, महाकाली र जोगबुडामा पक्की र बलियो तटबन्ध निर्माण, दोधारा चाँदनीलाई व्यवस्थित तथा सम्मानीत सीमा शहर बनाउने, विपन्न वर्गको उत्थान, स्वरोजगार तथा उद्यम, सीमा समस्या समाधान लगाएतका योजना अघि सारेको छ । दोधारा चाँदनीमा स्थानीय निर्वाचन भन्दा पनि एमालेको जनमत राम्रो रहेको स्थानीय नेताहरुले बताए ।

एमाले दोधारा चाँदनी ईन्चार्ज राजिव खड्काले एमालेले फराकिलो मतान्तरले लिड गर्ने बताए । ‘अहिले नेकपा एमाले यस क्षेत्रमा बलियो अवस्थामा छ’ उनले भने, ‘पार्टी पंक्ति र उम्मेदवार हाम्रो जनमत विस्तारमा लाग्नु भएको छ, दोधारा चाँदनीबाट हामी राम्रो मतका साथ लिडिङ् पोजिसनमा रहन्छौं ।’

 

Himal dental
सम्बन्धित
Loading...