
कृष्णपुरमा काँग्रेसका पूर्व निर्वाचित गाविस अध्यक्ष एमाले प्रवेश, प्रतिनिधि सभा सदस्यका उम्मेदवार धामीले गरे स्वागत
महेन्द्रनगर । कृष्णपुर नगरपालिकामा काँग्रेसका पूर्व निर्वाचित वडा अध्यक्ष एमाले प्रवेश गरेका छन् । कृष्णपुर नगरपालिका ८ का शिललाल राना शनिबार एमाले प्रवेश गरेका छन् । एमालेका कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार नर बहादुर धामीले रानालाई शनिबार पार्टी प्रवेश गराएका छन् ।
राना २०५४ को स्थानीय निकाय निर्वाचनमा तत्कालिन रैकवार विचवा गाविस अध्यक्ष निर्वाचित भएका थिए । अघिल्लो निर्वाचनमा टिकट नपाएपछि उनी कैची चुनाव चिन्ह लिएर चुनाव लडेका थिए ।

एमाले केन्द्रीय सदस्य धामी यस पटक साँसद दोहोरिने लक्ष्य लिएर चुनावी मैदानमा होमिएका छन् । उनी अघिल्लो निर्वाचनमा निर्वाचित भएका थिए ।
एमाले प्रवेश गरेपछि रानाले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारलाई जिताउन सक्रिय रुपमा लाग्ने बताए ।
