प्रहरीलाई १९ जुवाडेको नाम सार्वजनिक नगरी गुपचुप मिलाउन दबाव, पक्राउ पर्नेमा नेता र जनप्रतिनिधिका आफन्त पनि भएको स्थानीयको दावी 

Amity

महेन्द्रनगर । प्रहरीले भीमदत्त नगरपालिका १९ बागफाँटाबाट पक्राउ गरेको १९ जुवाडेका नाम सार्वजनिक नगरी गुपचुप राखेको छ । दुई दिन अघि प्रहरीले बागफाँटाबाट जुवाको खालबाट रकम सहित उनीहरुलाई पक्राउ गरेको थियो । 

स्रोतका अनुसार पक्राउ गरिएका जुवाडेमा केही जना सत्ता गठबन्धनका आवद्ध नेताका आफन्त भएपछि नाम सार्वजनिक नगरी मिलाउन प्रहरीमाथि दबाव आएको छ । राजनीतिक दबावपछि प्रहरी नाम सार्वजनिक नगरी नाम गुपचुप राख्न बाध्य भएको छ । स्थानीयले पनि पक्राउ पर्नेमा केही जना भीमदत्त नगरपालिकाका केही जनप्रतिनिधि र नेताका आफन्त रहेको बताएका थिए । 

janjyoti campus

प्रहरीले जुवा खालबाट उनीहरुलाई पक्राउ गरी ल्याएपछि दबाव आउन थालेको थियो । प्रहरी जुवाडेका नाम समेत सार्वजनिक गर्न पछि हटेपछि उनीहरु राजनीतिक पहुँचवाला व्यक्ति भएको आशंका बलियो भएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले बागफाँटा क्षेत्रमा १९ जुहाडे सहित लाखौँ रकम बरामत गरेको बताए । त्यस बाहेक अन्य जानकारी दिन प्रहरी प्रवक्ता पनि पछि हटेका छन् ।

पत्रकारले प्रहरी प्रवक्ता शाहलाई ती जुवाडेका नाम सार्वजनिक गर्न पटक पटक आग्रह गरि रहेका छन् । 

ghar sansar
सम्बन्धित
Loading...