
एमालेका उम्मेदवार आज पनि दोधारा चाँदनीमा व्यस्त, साँसदका उम्मेदवार पाल भन्छिन्– हामीलाई अरुको जस्तो जाली कुरा गर्न आउँदैन

दोधारा । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल र प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र बिष्ट आइतबार पनि दोधारा चादनी नगरपालिकामा चुनावी घरदैलोमा व्यस्त भएका छन् ।
कञ्चनपुर ३ मा एमाले र राप्रपाबीच चुनावी तालमेल भएको छ । चुनावी घरदैलोमा दुबै दलका नेता कार्यकर्ता सहभागी भएका छन् ।
एमालेका उम्मेदवार चुनावी घरदैलोमा निस्किएपछि वृद्धवृद्धा, युवा सहित उनीहरुको समर्थनमा देखिएका छन् । स्थानीयले उनीहरुलाई फूलमालाले स्वागत गरि रहेका छन् ।

‘मैले जनताबाट अपार माया पाएको छु,’ नेकपा एमाले र राप्रपाका तर्फबाट कञ्चनपुर क्षेत्र नं. ३ का उम्मेदवार निरुपाल भनिन्, ‘हामी विकासमा अहोरात्र खटिने पार्टीका सिपाही हौं, मैले दोधारा चा“दनी नगरपालिकामा परेको पीडामा सांसदमा बारम्बार बोलेको छु ।’
उनले जनताको घर दैलोमा जा“दा पा“च वर्षको स्थायी सरकार एमालेले बनाउने र देशको मुहार फेर्ने एक मात्र एजेण्डा लिएर गएको बताइन् । ‘अरु दल जस्तो जाली कुरा गर्न हामीलाई जरुरी छैन,’ उनले भनिन्, ‘मतदाताको घरमा जा“दा उहा“हरुले देखाएको सहभागिता र सहानुभूति देख्दा मैले जिते सरह भएको छ ।’
उनले समग्र दोधारा चा“दनी नगरपालिकाको विकासका लागि दर्जनौं योजना अघि बढाएको भन्दै यस पटकको निर्वाचनमा देशभरी नेकपा एमालेले बहुमतले चुनाव जित्ने पनि दाबी गरिन् ।
