ghar sansar

दोधारा चाँदनीमा एमाले राप्रपाले खोले सबै वडामा संयुक्त सम्पर्क कार्यालय, उम्मेदवार पाल र विष्ट सहित नेता सहभागी

khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा आज पनि नेकपा एमाले र राप्रपाले सयुक्तरुपमा निर्वाचन सम्पर्क कार्यालय स्थापना गरेको छ । आइतबार दोधारा चाँदनी नगरपालिकका ६, ७, ८, ९ र १० वडामा एमाले र राप्रपाले संयुक्त रुपमा निर्वाचन सम्पर्क कार्यालय खोलिएका छन् ।

दोधारा चाँदनी नगरपालिका ६ हेल्थपोष्ट, ७ बाबाथान बजार, ८ शिवमन्दिर टोल, ९ अम्बिका माबि नजिक र १० को जसबिरे टोलमा सम्पर्क कार्यालय स्थापना गरिएको छ ।

dirghayi clinic

एमाले कञ्चनपुर जिल्ला कमिटी सदस्य गगन खत्रीले आइतबर एकै दिन चार स्थानमा सम्पर्क कार्यालय खोलिएको जानकारी दिए । सम्पर्क कार्यालय उद्घाटनमा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल, प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्ट लगायतका नेता कार्यकर्ता सहभागी भएका छन् ।

यस अघि दोधारा चाँदनी नगरपालिका १, २ सरस्वती टोल, ३ शान्ती चौराह, ४ चाँदनी बजार र ५ भण्डारी चौराहमा कार्यालय खोलिएका थिए ।

कार्यक्रममा कञ्चनपुर क्षेत्र नं. ३ का एमाले र राप्रपाका संयुक्त उम्मेदवार निरुपाल, कञ्चनपुर क्षेत्र नं. ३ (ख) का प्रदेश सभाका उम्मेदवार सुरेन्द्र बिष्ट, नेकपा एमाले दोधारा चाँदनीका ईन्चार्ज राजिव खड्का, प्रदेश कमिटि सदस्य तथा दोधारा चाँदनी नगरपालिकाका पूर्व उपमेयर चिनी ओझा गिरी, जिल्ला कमिटि सदस्य सरोज चन्द, दोधारा चाँदनीका मेयर किशोर कुमार लिम्बु, वडा नं. २ का वडाध्यक्ष पदम रावल, वडा नं. ६ का वडाध्यक्ष ओंम बस्नेत, ओंम बस्नेत, नेकपा एमाले दोधारा चाँदनी नगर अध्यक्ष हरिसिंह धनाडी रहेका थिए भने राप्रपाका नगर अध्यक्ष बिर बहादुर शाह, राप्रपाका नेता बिक्रम चन्द, राप्रपा सुदूरपश्चिम प्रदेश समिति सदस्य तमान सिंह गुरुङ्ग, राप्रपा पूर्व केन्द्रिय सदस्य शान्तिमाया सुनुवार लगायत लगायतका सहभागी भएका छन् ।

Himal dental
सम्बन्धित
Loading...