महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा सत्ता गठबन्धनका उम्मेदवार रमेश लेखकले काँग्रेसका बागी दिपक बहादुर सिहको पटक पटक होइन एक पटक भन्ने चुनावी नाराको जवाफ फर्काएका छन् । काँग्रेस महाधिवेशन प्रतिनिधि सिह प्रतिनिधि सभा सदस्य निर्वाचनमा पटक पटक होइन, एक पटक, राजनीतिक पेशा होइन सेवा भन्ने चुनावी नारा बनाएर मैदानमा होमिका छन् ।
सिहले पटक पटक होइन एक पटक भन्ने नारा लिएर मैदानमा गएपछि काँग्रेसका उम्मेदवार लेखकले आफू साँसद बनेर जागिर खान राजनीतिमा नआएको, आफू सपना नबाँड्ने र आफूसित विकास गर्ने योजना भएको जवाफ फर्काएका छन । उनले लेखकले सुख्खा बन्दरगाह, त्रिदेशीय नाका र मझगाउँ विमानस्थल पुन सञ्चालनलाई आफ्नो प्राथमिकता भएको चुनाव प्रचार सामाग्रीमा उल्लेख गरेका छन् । लेखकले चुनाव सामाग्रीमा जवाफलाई समावेश गरी प्रचारप्रसार गर्न थालेका छन् ।
कञ्चनपुर ३ मा दुई पटक निर्वाचित पूर्व मन्त्री लेखक १८ वर्षसम्म सत्तामा बसेका छन् । अघिल्लो निर्वाचनमा उनलाई एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले सत्ताबाट बाहिर बनाएका हुन् । युस पटक उनी विरुद्ध बागी भएर चुनावी मैदानमा आएका छन् ।
लेखक २०७४ मा चुनाव हार्न अघि उनी प्रत्यक्ष र समानुपातिक गरी तीन पटक साँसद भएर पटक पटक मन्त्री भई सकेका छन् । उनी २०५६ र २०७० मा निर्वाचित भएका हुन् । २०६४ मा लेखक समानुपातिक साँसद भएका थिए ।
अहिले उनी सत्ता गठबन्धनका साझा उम्मेदवार चुनावी मैदानमा होमिएका छन् । लेखकले अघि सारेका सुख्खा बन्दरगाहर, त्रिदेशीय नाका र मझगाउँ विमानस्थल पुनः सञ्चालन कार्य निवर्तमान साँसद भट्टको पालाका अघि बढेका छन् । लेखक २०५६ मा पहिलो पटक साँसद हुँदा विमानस्थल बन्द भएको थियो ।