ghar sansar

भीम रावललाई टिकट नदिएको सहानुभूति देखाएर भोट माग्न थाल्यो सत्ता गठबन्धन

महेन्द्रनगर । सत्ता गठबन्धनका चुनावी एजेण्डा विवादमा परेपछि उम्मेदवारले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई निशाना बनाउन थालेका छन् । उनीहरु अध्यक्ष ओलीले टिकट नदिएका अछाम एमाले नेता भीम रावलसित सहानुभूति राखेर भोट माग्न थालेका छन् ।

सत्ता गठबन्धनका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकले अध्यक्ष ओली आफनो गुणगाना गाउँनेलाई मात्रै टिकट दिएको आरोप लगाएका छन् । ‘ओलीसंग असहमति राख्नेमाथि प्रहार र ओरिपरी घुम्नेलाई काँखी च्यापेका छन, ‘यो लोकतन्त्र बिरुद्धको कदम हो, गुणगाना गाउँनेलाई टिकट दिएका छन’ गठबन्धनको कार्यक्रममा उनले भने, ‘गठबन्धनले हारे व्यवस्था जोगाउन मुस्किल पर्छ ।’

lotus institite
daimond public

कार्यक्रममा सुदूरपश्चिम विश्वविद्यालय आन्दोलनका क्रममा आन्दोलनकारीको घेराबन्दीमा परेका प्रदेश सभा सदस्यका उम्मेदवार माओवादी नेता टेकेन्द्र प्रशाद भट्टले आफूले ल्याएको बताएका छन् । नेता भट्ट विश्वविद्यालय कैलाली हुनु पर्ने पक्षमा देखिएपछि उनी आन्दोलनकारीको निशानजा परेका थिए ।

‘०६४सालमा म र टेकेन्द्र जी संसद थिए, हामी दुवै अलग अलग पार्टीबाट संसदमा गएका थिए, ‘लेखकले भने, ‘उहाँ माओवादीबाट चुनाव जितेर जानु भयो, म काँग्रेसबाट समानुपातिकबाट संसदमा गएका थियौँ, दुवै जना फरक फरक पाटीबाट संसदमा गएपछि विकासका विषयमा राजनीतिक गर्न नहुने आफूबीच सहमति र बुझाईरहेको बताउँदै ल्याएका हौ । ’

एमालेका पूर्व नेता माधव कुमार नेपाल प्रधानमन्त्री हुँदा महेन्द्रनगरमा विश्वविद्यालय र गेटामा मेडिकल कलेज घोषणा गरिएको थियो । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का ख प्रदेश सभा सदस्ययका उम्मेदवार सुरेन्द्र विष्ट र स्वर्गिय बासुदेब भट्टले विश्वविद्यालय स्थापना संघर्ष समितिको नेतृत्व गरेका थिए ।

प्रदेश सभा सदस्यका उम्मेदवार बेल बहादुर राना बोलेपछि उनीहरु बालेका थिए । रानाले त्यस अघि जातीय र क्षेत्रीयताको नारा अघि सारेर भोट मागेका थिए ।

Himal dental
सम्बन्धित
Loading...