बैतडीमा काँग्रेसका निवर्तमान नगर उप सभापति सहित दुई नेता एमाले प्रवेश, इन्चार्ज दयालले गरे स्वागत

महेन्द्रनगर । बैतडीमा काँग्रेसका दुई नेता एमालेमा प्रवेश गरेका छन् । लामो समय देखि सो क्षेत्रमा राजनीति गरिरहेका कांग्रेसका दुई नेता चुनावकै मुखमा नेकपा (एमाले) मा प्रवेश गरेका एमाले नेता बलभद्र दयालले जानकारी दिए ।

प्रदेश सभा ख का उम्मेदवार लिलाधर भट्ट जिताउने चुनावी प्रचारप्रसार अभियान अन्तर्गत भोट मागन मेलौली पुगेको एमालेले कांग्रेसका मेलौली नगर कार्य समितिका निवर्तमान उप सभापति तथा मेलौली–५ का वडा सभापति प्रमानन्द पन्त र वडा ६ का वडा सदस्य सरस्वती भट्टले पार्टी प्रवेश गरेको बताएको छ ।

ती दुई नेताहरुलाई एमालेका जिल्ला इन्चार्ज पुरन दयाल र सहइन्चार्ज तथा प्रदेशसभा क्षेत्र (२) का उम्मेदवार लिलाधर भट्टले बुधबार टिका र अबिर लगाएर पार्टीमा भित्र्याएका हुन् ।

एमालेले जिल्लमा चुनावी प्रचारप्रसारलाई आक्रामक बनाएको छ । उम्मेदवारहरुले अहिले घरदैलो कार्यक्रमलाई तिब्रता दिएका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.