ghar sansar

काँग्रेस नेता गुरुङ्गलाई वृद्ध भत्ताको प्रचार गर्दा लाज मान्न समाजवादीका नेता नेपालीको सुझाव , भन्छन्– भत्ता बाँड्न लाग्दा कम्युनिष्टले देश सक्नु लागेको भन्दै बबण्डर मच्चाएका हुन्

महेन्द्रनगर । सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेश कमिटी सदस्य सन्तोस काँग्रेस नेता गोपाल गुरुङ्गले वृद्ध भत्ता गिरिजा प्रसाद कोइरालाले अघि बढाएको गरेको प्रचारमा आपत्ति जनाउँदै लाज मान्नु सुझाव दिएका छन् ।

काँग्रेस नेता गुरुङ्गले आफ्नो सामाजिक सञ्जालमा काँग्रेस नेता स्वर्गिय गिरिजा प्रसाद कोइराला नेतृत्वको सरकारले योजना बनाएको र मध्यावधि निर्वाचनपछि मनमोहन अधिकारी नेतृत्वको सरकारले लागू गरेको उल्लेख गरेका छन् ।

lotus institite
daimond public

काँग्रेस नेता गुरुङ्गलाई फेसबुकमा समाजवादीका नेता नेपालीले गिरिजा प्रसाद कोइरालाले भत्ता बाँड्ने योजना बनाएको भनेर प्रचार गर्दा लाज मान्नु पर्ने जवाफ दिएका छन् ।

उनले कोइरालाले भत्ता बाँड्ने योजना बनाएर मनमोहन अधिकारी नेतृत्वको सरकारले योजना अघि ल्याएपछि त्यसको विरोध गरिएका उल्लेख गरेका छन् ।

उनले भत्ता योजना बाहिर आएपछि देश कम्युनिष्टले देश सक्नु लागेको भन्दै बबण्डर मच्चाएको नेपालीले फेसबुकमा भनेका छन् ।

Himal dental
सम्बन्धित
Loading...