ghar sansar

कञ्चनपुर ३ का स्वतन्त्र उम्मेदवार सिह भन्छन्– फेरि फेरि पनि टिकट दिएर राजनीतिलाई व्यवसायीमुखी बनाउने काम मन परेन, त्यसैले स्वतन्त्र भए

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिहले राजनीतिलाई व्यवसाय बनाउन थालिएपछि आफू चुनावी मैदानमा आएको बताएका छन् । उनले काँग्रेसभित्र एकै जनालाई पटक पटक टिकट दिएर व्यवसाय गर्ने योजना मन नपरेपछि स्वतन्त्र उम्मेदवार बनेको उल्लेख गरे ।

‘पार्टीमा त्याग तपस्या गर्ने योगदान गर्ने कार्यकर्ताहरुलाई पछाडी पारेर सधै उनै नेताहरुलाई फेरि पनि टिकट दिएर व्यावसायीमुखी बनाएर काम गर्ने योजना मलाई मन परेन, त्यसपछि स्वतन्त्र भएर लडेको छु’ उनले भने ।

,orning glory badhai

काँग्रेसका महाधिवेश प्रतिनिधि सिह प्रदेश सभा सदस्यमा टिकट वितरणमा असन्तुष्ट भएर काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक विरुद्ध बागी भएका छन् । उनी कञ्चनपुर ३ क का प्रदेश सभा सदस्यका आकाँक्षी थिए ।

dirghayi clinic

सिहले राजनीतिमा पटक पटक भएर कम्तिमा १० वर्ष सेवा भावले काम गर्नु पर्नेमा जोड दिए । त्यसपछि स्वतः छाड्नु पर्ने उनको भनाई छ ।

दलहरुले विभिन्न गठबन्धन गर्ने, राजनीतिलाई कमाई खाने पेशा बनाएर राज्यको ढुकुटी समाप्त पार्ने योजना बनाएको भन्दै उनले असन्तुष्टि पोखेका छन् ।

उम्मेदवारले चुनावी एजेण्डा वेवास्ता गरी सत्ताका लागि मरिहत्ते गरेको उनको भनाई छ । ‘जसरी भए पनि सबै मिलेर भागबण्डा गरेर सत्तामा कब्जा जमाउने रणनीति छ’ उनले भने ।

उनले भीमदत्त नगरपालिका २ मा सम्पर्क कार्यालय खोलेका छन् । नेपाली कांग्रेसबाट बिद्रोह गरी स्वतन्त्र उम्मेदवारी दर्ता गरेर पुतली चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका सिंहले सरस्वती मा।वि नजिक दुर्गादेवी पन्तको घरमा निर्वाचन सम्पर्क कार्यालय खोलेका हु्न् ।

पन्त चार वर्ष अघि बलात्कारपछि हत्या गरिएकी निर्मल पन्तकी आमा हुन् । पुतली चुनावी चिन्ह लिएर चुनावी मैदानमा होमिएका सिहले चार वर्षपछि पन्तले न्याय नपाएकोमा चिन्ता व्यक्त गरे ।

Himal dental
सम्बन्धित
Loading...