ghar sansar

काँग्रेस छाडेर करुवा चुनाव चिन्ह लिएर यस कारण चुनावी मैदानमा आए दोधारा काँग्रेसका पूर्व सभापति शाही

khasi

दोधारा । दोधारा चाँदनी नगरपालिकामा करुवा चुनाव चिन्ह लिएर कञ्चनपुर क्षेत्र नं. ३ (ख) का प्रदेश सभाका उम्मेदवार धन बहादुर शाही घरदैलोमा व्यस्त भएका छन् । काँग्रेस विपीबाट कञ्चनपुर क्षेत्र नं. ३ (ख) का प्रदेश सभाका उम्मेदवार उनी बाबाथान बजारमा आफ्नो चुनावी सम्पर्क कार्यालय स्थापना गरी घरदैलो अभियानमा लागेका छन् ।

अघिल्लो निर्वाचनमा काँग्रेसका उम्मेदवार बेल बहादुर रानालाई जिताउन सक्रिय रुपमा लागेका शाही यस पटक उनका प्रतिस्पर्धी भएर चुनावी मैदानमा होमिएका छन् । साविक दोधारा गाविसमा लामो समय काँग्रेसका सभापति भएका उनी काँग्रेस छाडेर काँग्रेस विपी भएर उम्मेदवार भएका छन् ।

Anant bahu travels

शाहीले १७ वर्ष दोधारा काँग्रेसको नेतृत्व गरेका थिए । काँग्रेसमा अपमान भएपछि ६९ वर्षीय शाही विपी काँग्रेस भएका छन् । दोधारा चाँदनी नगरपालिका–९ का वासिन्दा उनी यस अघि स्थानीय तह निर्वाचनमा उप मेयर लड्ने सोच बनाएका थिए ।

dirghayi clinic

झण्डै दुई दशक काँग्रेस हाँकेका उनी केही वर्षदेखि काँग्रेंसमा असन्तुष्ट थिए । उनले प्रदेश सभा ३ (ख) बाट उम्मेदवारी पाएसंगै अहिले उनी आफ्नो चुनावी प्रचारप्रसारमा छन् ।

काँग्रेस बीपीको चुनाव चिन्ह करुवामा मतदानका लागि आह्वान गर्दै घरदैलोमा जुटेका छन् । कांग्रेसभित्र अवसरवादीले मात्रै अवसर पाउने र निरन्तर खटिने कार्यकर्ता पाखा लगाउने परिपार्टी हावी भएको कारण बिगत लामो समय देखि पार्टीमा योगदान गर्दागर्दै छाड्नु परेको पीडा उनीसित छ ।

‘पार्टीका लागि निस्वार्थ लाग्नेमाथि जहिल्यै भेदभाव मात्रै भयो,’ शाहीले भने, ‘यस क्षेत्रका नेताले पनि बुझ्न सकेनन् ।’
शाही २०४७ सालमा कांग्रेसका जिल्ला सदस्य हुँदै २०४९ देखि २०६६ सम्म गाउँ सभापति भएका हुन् । २०६१ सालमा उनी महाधिवेशन प्रतिनिधि समेत भए । उनी पञ्चायतकालमा अत्यधिक मतका साथ दोधारा गाउँ पञ्चायतका उप–प्रधानपञ्च पनि भएका थिए ।

प्रदेश सभा सदस्यमा एमालेका सुरेन्द्र विष्ट, काँग्रेसका बेल बहादुर राना, काँग्रेसका विपीका शाही, स्वतन्त्र उम्मेदवार भीम बहादुर कुमाल सहित पाँच जना उम्मेदवार चुनावी मैदानमा छन् ।

Himal dental
सम्बन्धित
Loading...