ghar sansar

वनगाउँ प्रकरण : प्रहरीले कोठाभित्र चुकुल लगाएर घाइते सहितलाई २० मिनेट बन्धक बनाएको खुलासा, पत्रकार सम्मेलन गरी पीडितले गरे प्रहरी निरीक्षक ठगुन्नामाथि कारवाही माग

little buddha academy
khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिका ५ वनगाउँमा प्रहरीले कुटपिटबाट घाइतेका भएका स्थानीयका आफन्तले प्रहरी निरीक्षक लोकेन्द्र सिह ठगुन्नामाथि कारावही गर्न माग गरेका छन् ।

उनीहरुले शुक्रबार साँझ पत्रकार सम्मेलन गरी प्रहरी निरीक्षक ठगुन्नाले गुण्डागर्दी शैलीमा विना कारण कुटपिट गरी घाइते बनाएकाले कारवाही गर्न माग गरेका छन् ।

,orning glory badhai

वनगाउँस्थित महेश खड्काको घरमा तिहारको खानपिन चलि रहेका बेला जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ठगुन्ना नेतृत्वको प्रहरी टोलीले बिहीबार राति घरमा छापा हानेर कुटपिट गरेको थियो ।

dirghayi clinic

प्रहरीको कुटपिटबाट सुरेश सिह धामी, अनुराग चन्द, मनिसा खड्का, गोविन्द साउँद लगायतका कुटपिट गरेको छ । उनीहरुमध्ये साउँद, चन्द र धामी उप उपचारका लागि महाकाली प्रादेशिक अस्पतालबाट रिफर गरिएका छन् ।

घाइते साउँदलाई हत्केडी लगाएर कुटपिट गरिएको थियो । प्रहरीले छापा हान्दा घर बाहिर निस्केर हात धुने क्रममा उनलाई कुटपिट गरी हत्केडी लगाइएको थियो । आँखाबाट रगत बगि रहेका उनलाई हत्केडी लगाएर पनि कुटपिट गरिएको स्थानीय सुरेश खडकाले बताए । हत्केडी लगाएर कुटपिट गरिएपछि स्थानीयले प्रतिकार गरेपछि उनी भागेर फर्किएका थिए । त्यसपछि फेरि प्रहरी ठूलो गाडी वान लगेर उनलाई अन्यलाई कुटपिट गरेका छन् ।

पत्रकार सम्मेलनमा महेश घरधनी खड्काले हत्केडी लगाएर घाइते भएका साउँद सहित आफन्त र नातेदारलाई २० मिनटे कोठाभित्र बन्धक बनाएको बताए । ‘महिला एक कोठामा थिए, आफन्त सहित पुरुष अर्को कोठामा थियौ, त्यही कोठामा गएर भित्रबाट चुकुल लगाएर बन्द गरियो,’ बाहिर प्रहरी राखियो’ उनले भने,‘२० मिनेटसम्म कसैलाई पनि बाहिर जान दिइएन ।’

घरधनी खड्काले पटक पटक बाहिर जान दिन आग्रह गर्दा पनि नमानेपछि उनले घरमा आगो लगाउछु भनेपछि ढोका खोलिएको थियो । पत्रकार सम्मेलनमा सहभागी स्थानीयले पनि घरमा आगो लगाउने भनेपछि मात्रै ठगुन्ना पछि हटेको बताए ।

‘म विरामी छु, पिसाब लागेको छ जानु दिनु भन्दा एक मिनेट, दुई मिनेट भन्दै गरे्’ उनले भने,मान्दै नमानेपछि मेरो घर हो ,म आगो लगाउँछु भनेपछि बल्ल खोलियो’ उनले भने । प्रहरीले अन्धाधुन्ध कुटपिट गरेपछि स्थानीयले घेरा हालेपछि प्रहरी ठगुन्ना खेतबारी भागेको र त्यसपछि फेरि वान टन गाडी लिएर गएको स्थानीयले बताए ।

Himal dental
सम्बन्धित
Loading...