ghar sansar

स्वतन्त्र उम्मेदवार कुमालले यसरी गर्दै छन् चुनावी प्रचार, भन्छन् – मसित विकास र समृद्धि बाहेक अरु एजेण्डा नै छैन

little buddha academy
khasi

दोधारा । कञ्चनपुर क्षेत्र नं. ३ (ख) स्वतन्त्र समुहका प्रदेश सभाका उम्मेदवार भिम कुमालले आफ्नो एक मात्र एजेण्डा देशको विकास र समृद्धि भएको बताएका छन् ।

दोधारा चाँदनी नगरपािलका १ मा आयोजित एक भेटघाका क्रममा उनले देशको विकास र समृद्धि बाहेक अरु कुनै एजेण्डा आफूसंग नभएको बताएका हुन् ।

,orning glory badhai

प्रदेश सभालाई बिघटन हुनु पर्ने मागको विषयमा प्रदेश सभा आफैमा भ्रष्टाचारी नभएको र त्यहा निर्वाचित भएर गएका ब्यक्ती भ्रष्टाचारी भएको कारण प्रदेश सभा बदनाम भएको उनले बताएका छन् । अझै पनि आफूहरुले चाहे जस्तो देश बनाउन नसकिएको उनको भनाई छ ।

उनले जनताले बिजय बनाएमा प्रदेशलाई क्रमशः समृद्ध बनाउदै लग्नका लागि आफ्नो अग्रगामी भूमिका रहने बताए । उनले भने, ‘हामी आज तपाईंहरुको सामु आएका छौंं प्रदेशको समृद्धिकै लागि हो । म, संग एजेण्डा छ् । त्यो मेरो एजेण्डा भनेको देशको विकास बाहेक अरु हैन् ।’

dirghayi clinic

बिगतमा जे–जस्ता कामहरु भए, ती सम्पूर्ण कामहरु भ्रष्टाचारीलाई हामीले त्यहा पुगाएको कारण पिडा खेप्नु परेको उनको भनाई रहेको छ् ।

‘म, निर्वाचित भए संगै हामीले दोधारा चाँदनी नगरपालिका लगाएत प्रदेशको विकास र समृद्धिको खाका तयार गरेका छौ’ उम्मेदवार भिम कुमालले भने– ‘त्यसैले अहिलेका आवश्यकता भनेको नेपाली काँग्रेंस, एमाले लगायत दल भन्दा विकास र समृद्धिको एजेण्डा भएको स्वतन्त्र उम्मेदवारलाई बिजय बनाउने समय हो’ कसैको पनि हक नछिनिन्ने गरि सबैको हक, अधिकार ग्यारेन्टी हुने गरि विकासको अहिलेको टड्कारो आवश्यकता रहेको उनले बताए । यस पटक मतदाताले मत परिवर्तन गर्ने उनले बताएका छन् ।

मतदाताहरुले नयाँ अनुहार चुन्न खोजेकाले आफ्नो जित हुने दाबी गरे । अहिलेसम्म चुनाव जितेका ठूला पार्टीका जनप्रतिनिधिले जनताका लागि केही गर्न नसकेको बताउदै उम्मेदवार कुमालले मतदाताहरुले परिवर्तन चाहेकाले आफ्नो जित सुनिश्चित रहेको दाबी गरे ।

उनले भने ‘हामीले घरदैलो अभियानमा जादै गर्दा मतदाताको अपार माया पाएका छौं । हामीले गर्न सक्ने काम मात्रै भनिरहेका छौं । त्यसैले मतदाताहरुले हामीलाई मत दिने कुरामा विश्वस्त रहेका छौं ।’

 

Himal dental
सम्बन्धित
Loading...