रमेश लेखकको वडामै काँग्रेसका बागी सिहले खोले सम्पर्क कार्यालय, भने– एकै जनालाई पटक पटक अवसर दिने प्रवृत्ति विरुद्ध स्वतन्त्र भएर लडेको छु

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिहले बेदकोट नगरपालिका ८ मा सम्पर्क कार्यालय खोलेका छन् । काँग्रेसका महाधिवेशन प्रतिनिधि सिह काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक विरुद्ध बागी उम्मेदवार भएर चुनावी मैदानमा आएका छन् ।

निर्वाचन क्षेत्रमा चुनाव प्रचारका लागि सम्पर्क कार्यालय खोल्ने क्रममा बेदकोट ८ पनि कार्यालय खोलिएको छ । उम्मेदवार सिह आफंैले कार्यालय उद्घाटन गरेका छन् ।

janjyoti campus

बेदकोट ८ काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार लेखकको वडा हो । उनले सम्पर्क कार्यालय उद्घाटनमा एकै व्यक्ति पटक पटक अवसर पाउने प्रवृत्ति विरुद्ध आफू स्वतन्त्र भएर चुनावी मैदानमा होमिएको बताए ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क बाट प्रदेश सभा सदस्यका लागि सिफारिश सिह सत्ता गठबन्धनमा छलफल नगरी एकलौटी रुपमा टिकट वितरण गरिएपछि प्रतिनिधि सभा सदस्यका उम्मेदवार भएका हुन् । उनी पार्टीमा विधि प्रक्रिया मिचेर जाने अवस्था देखेपछि स्वतन्त्र उम्मेदवार बन्न पुगेका छन् ।

सिहले जानकी टोलमा निर्वाचन परिचालनको मुख्य कार्यालय खोलेका छन् । भीमदत्त नगरपालिका २ मा स्वर्गिय निर्मला पन्तको घरमा सिहले सम्पर्क कार्यालय खोलेका छन् ।

ghar sansar
सम्बन्धित
Loading...