ghar sansar

दार्चुला बालक मृत्यु प्रकरण्मा भारतीय पक्षले स्विका¥यो गल्ती, क्षतिपूर्ति दिन तयार

little buddha academy
khasi

महेन्द्रनगर । दार्चुलामा बालकको मृत्युको जिम्मेवार आफू रहेको भारतीय पक्षले स्वीकार गरेको छ। शुक्रबार जिल्लाको व्यास गाउँपालिका–२ मा भारतीय पक्षले महाकाली नदीपारि सडक निर्माण गर्ने वेला एक बालकको ज्यान गएको थियो।

भारतले तावाघाट–लिपुलेक सडक चौडा गर्ने क्रममा विस्फोट गराउँदा व्यास गाउँपालिका–२ दुम्लिङका १२ वर्षीय पवन महराको मृत्यु भएको थियो ।

,orning glory badhai

यस्तै १४ वर्षीया सरिना महरा घाइते भएकी थिइन्। अहिले उनको जिल्ला अस्पतालमा उपचार जारी रहेको बताइएको छ। सोही घटनामा भारतीय सडक निर्माण कम्पनीले आफ्नो गल्ती भएको स्वीकार गरेको व्यास गाउँपालिकाका अध्यक्ष मंगलसिंह धामीले जानकारी दिए ।

dirghayi clinic

उनले भने, ‘आज (शनिबार) भारतीय पक्ष (निर्माण कम्पनी) र पीडित परिवारसँग छलफल भएको छ। कम्पनीले गल्ती स्वीकार गरेको छ। निर्माण कम्पनीले क्षतिपूर्ति दिन तयार छौं भनेको छ ।’

अध्यक्ष धामीका अनुसार भारतीय कम्पनीले गल्ती परिवारका बालबच्चालाई कक्षा १२ सम्म पढाउने र परिवारका एकजनालाई कम्पनीमा रोजगारी दिने प्रारम्भिक सहमति भएको हो तर निजी कम्पनी भएकाले आफूहरूलाई रोजगारीभन्दा पनि उचित क्षतिपूर्ति दिनुपर्ने परिवारको माग छ।

गर्ग एण्ड गर्ग कम्पनीले सडक निर्माणका लागि जिलेटिन विस्फोट गर्दा उछिट्टिएको ढुंगाले महराको मृत्यु भएको थियो। घटनापछि शनिबार पीडित परिवारलाई लिएर दार्चुलाका जनप्रतिनिधिको टोली छलफलका लागि भारतको धार्चुला गएको थियो ।

उनीहरूले अन्तरराष्ट्रिय सीमा क्षेत्रमा बिना सूचना विस्फोट गराएर ज्यादती हुने गरेकोले यस्तो गतिविधि रोक्न भारतीय पक्षलाई आग्रह गरेका छन्। यसअघि पनि भारतबाट आएका ढुंगा तथा विस्फोटको कम्पनले आफ्नो घर चर्किएको, खेत बाँझिएको र आँगनमा बाँधिएका पशु समेत मरेपछि विस्थापित भएको मृतक बालकका बुवा हिक्मतसिंह महराले बताए।

Himal dental
सम्बन्धित
Loading...