माओवादी नेता कार्की कारवाहीका लागि सिफारिश, पार्टी अनुशासन उल्लङ्घन गरेको आरोप

महेन्द्रनगर । सत्ता साझेदार नेकपा माओवादी केन्द्रले भीमदत्त नगरपालिका २ का निवर्तमान वडा अध्यक्ष डम्बर सिह कार्की डिकेलाई कारवाहीका लागि सिफासरश गरिएका छन् ।

माओवादी केन्द्रको नगर कमिटीले आइतबार विज्ञप्ति जारी पार्टी अनुशासन विपरित गतिविधि गरेको भन्दै कार्कीलाई साधारण सदस्यता समेत नरहने गरी कारवाही गर्न सुदूरपश्चिम प्रदेश कमिटीमा सिफारिश गरिएको हो ।

माओवादी केन्द्रका भीमदत्त नगर इन्चार्ज लोकराज जोशी, अध्यक्ष अशोक चन्द र सचिव दशरथ भण्डारीले प्रेषित विज्ञप्तिमा सामाजिक सञ्जाल अवाञ्छित र पार्टी अनुशासन विपरित कार्य गर्दा सम्झाउँदा पनि अटेर गरेकाले कारवाहीका लागि सिफारिश गरिएको उल्लेख गरिएको छ ।

माओवादी नेता कार्कीले प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. ३ क मा माओवादी केन्द्रका उम्मेदवार टेकेन्द्र प्रसाद भट्ट असहयोग गरी फेसबुकमा प्रकाश रावलको प्रचारमा सक्रिय भएका थिए ।

२०७४ को निर्वाचनमा कार्की माओवादी केन्द्रबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । उनी यस पटक चुनाव लडे पनि पराजित भएका हुन् ।

Sisu
सम्बन्धित
Loading...