महेन्द्रनगर । नेकपा माओवादी केन्द्रका नेता शंकर कुँबरले नेता डम्बर सिह कार्की डिकेलाई कारवाही सिफारिश गरिएपछि समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन् ।
भीमदत्त नगरपालिका २ का निवर्तमान वडा अध्यक्ष कार्कीलाई साधारण सदस्यता समेत नरहने गरी कारवाहीका लागि सुदूरपश्चिम प्रदेश कमिटीमा सिफारिश गरिएपछि कुँबरले फेसबुकमा समानान्तर कमिटी बनाउने चेतावनी दिएका हुन् ।
उनले नगर र जिल्ला सबैमा समानान्तर कमिटी बनाउने चेतावनी दिएका छन् ।
‘भ्रममा कोही कम्रेड नपर्नु होला डम्बर कार्की K. Dk लाई कार्वाही कसैले गरेको छैन । पार्टी छोड्ने बिषय हुदैन ।K. Dk समानन्तर कमिटी बनाउन नपरोस् । (जिल्ला ईन्चाज,अध्यक्ष देखि नगर सम्म कमिटी बनाउने बाटो ।’ कुँबरले फेसबुकमा लेखेका छन् ।
माओवादी केन्द्रले फेसबुकमा लेखेर पार्टी विरुद्ध लेखेर अनुशासन उल्लङ्घन गरेको भन्दै कार्कीलाई कारवाहीका लागि सिफारिश गरेको हो ।