प्रदेश सभा सदस्यको टिकटका आकाँक्षी माओवादी नेता साउँदले भने– कार्कीलाई कारवाहीको सिफारिश गर्ने नगर कमिटी निर्णय निकम्मा
महेन्द्रनगर । सत्ता साझेदार नेकपा माओवादी केन्द्र सम्बद्ध राष्ट्रिय बुद्धिवीवि संगठनका अध्यक्ष विरेन्द्र सिह साउँदले माओवादीको भीमदत्त नगर कमिटीलाई निकम्मा भनेर असन्तुष्टि पोखेका छन् ।
माओवादी केन्द्रले नेता डम्बर सिह कार्कीलाई कारवाहीका लागि सिफारिश गरेपछि अध्यक्ष साउँदले सिफारिशमा असन्तुष्टि जनाएर नगर कमिटीलाई निकम्माको संज्ञा दिएका छन् ।
भीमदत्त नगरपालिका २ का निवर्तमान वडा अध्यक्ष कार्कीलाई आइतबार कारवाहीका लागि सिफारिश गरिएको थियो । कार्कीको कारवाही सिफारिशलाई लिएर सत्ता साझेदार माओवादी केन्द्रका नेता कार्यकर्ता पक्ष विपक्षमा बाँडिएका छन् ।
बुद्धिजीवि संगठनका अध्यक्ष साउँदले स्थानीय तह निर्वाचनमा अन्र्तघात गर्ने नेता कार्यकर्ताको सूची बुझाउँदा पनि कारवाही नभएर अहिले चुनाव प्रचारका बेला विवेकहिन निर्णय गरेकोमा आक्रोश पोखेका छन् ।
माओवादी केन्द्रका प्रदेश सभा सदस्य ख का लागि साउँद पनि सिफारिश गरिएका थिए । सत्ता गठबन्धनमा काँग्रेसलाई भाग परेपछि साउँद पछि हटेका छन् ।
उनले चुनावमा कारवाही नगरी अन्य विकल्प नखोजी गलत सन्देश दिन खोजिएको भन्दै नगर कमिटीको निर्णयमा असन्तुष्टि पोखेका छन् ।