दोधारा । निर्वाचनको मुखमा दोधारा चाँदनी नगरपालिकामा विभिन्न दलका नेता छाडेर नेकपा एमाले प्रवेश गर्ने लहर चलेको छ ।
एमाले र राप्रपाको कञ्चनपुर क्षेत्र नं. ३ का प्रतिनिधि सभाका संयुक्त उम्मेदवार निरुपाल र कञ्चनपुर क्षेत्र नं. ३ (ख) प्रदेश सभा उम्मेदवार सुरेन्द्र विष्ट र निवर्तमानन साँसद डा. दिपक प्रकाश भट्टले दोधारा चाँदनी नगरपालिका नं. १ पुर्णागिरी टोलमा आयोजित चुनावी भेटघाट कार्यक्रममा अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेकालाई फूलमालाले स्वागत गरेका छन् ।
दिल बहादुर खत्री, चन्द्र बिर सार्की, महाबिर धामी, अञ्जु बोहरा, गंगा दत्त अवस्थी, टेक बहादुर सुनार, गगी सुनार, प्रकाश सुनार, पुष्कर लुहार लगायत ५० जना काँग्रेस परित्याग गरेका छन् ।
दोधारा चाँदनी नगरपालिकामा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको संयुक्त मतदातासंग भेटघाट कार्यक्रम कार्य लागि अघि बढाएको छ । आज दोधारा चाँदनी नगरपालिका वडा नं. १ र को टोल बस्तीमा नेकपा एमालेका उम्मेदवार सहित टोलीले भेटघाट गर्ने कार्यक्रम जारी राखेका छन् ।