फेडोले दियो महिला समूहलाई बिउपूजी कोष रकम, समूहले व्यवसाय गर्न सदस्यलाई लगानी गर्ने

महेन्द्रनगर । दलित महिला संघ(फेडो) ले भीमदत्त नगरपालिका क्षेत्रका ५ महिला समूहलाई बिउपूँजी रकम उपलब्ध गराएको छ । फेडोको समिक्षा तथा सामाजिक लेखा परिक्षण कार्यक्रममा प्रति समूह २० हजारका दरले एक लाख रकम हस्तान्तरण गरिएको छ ।

फेडोका जिल्ला संयोजक नर बहादुर औजीले ज्यालो दलित महिला समुह, लालीगुँरास दलित महिला समुह तिलकपुर, मिलन दलित महिला समुह तिलकपुर, प्रगति दलित महिला समूह तिल्केनी, र बैजनाथ दलित महिला समूह हल्दुखाललाई पूँजीकोष उपलब्ध गराएको छ ।

janjyoti campus

बैजनाथ दलित महिला समुह हल्दुखालका सदस्य मोनिका भुलले समूहका सदस्यलाई लगानी गरी काम गर्न सकिने बताइन् । भीमदत्त नगरपालिकाका नगर प्रवक्ता महेन्द्र खड्काले रकम हस्तान्तरण गरे ।

फेडोको नेपालमा दलित महिलाको मानव अधिकार प्रवद्र्धन परियोजना अन्तर्गत महिला समूहलाई रकम दिइएको छ ।
कार्यक्रममा सहभागीहरुले राज्यले दलित, दलित महिला, एकल दलित महिलाहरुलाई हेलाको दृष्टिकोणले हेर्ने गरेकाले सोच बदल्नु पर्नेमा जोड दिए ।

उज्यालो दलित महिला समुह पिपरियाकी शारदा विकले अहिले पनि राज्यबाट पाउनुपर्नेसेवा सुविधाबाट दलित महिलाहरु पछाडि पारिएको बताईन ।

फेडो संस्थाले संचालन गरेको कार्यक्तमबाट धेरै कुरा सिकेर समूह सञ्चालन गरिरहेको र आफुहरुले बचत गरेको रकमले उद्यम गरिएको उनले बताईन ।

फेडोका कार्यक्रम संयोजक आउजीले न्याय तथा समतामुलक समाज जहाँ दलित महिलाहरुले अधिकारको उपभोग र जीवन, समता, बिकास र सहभागिताको अवसर प्राप्त गर्न सक्ने बनाउने लक्ष्य रहेको बताए ।

परियोजना सन २०२१ जनवरी देखि अप्रिल २०२३ सम्म संचालन हुने उनले बताए । कार्यक्रमको बजेट २१ लाख ६ हजार २ सय रहेको छ ।

योजना तर्जुमा प्रक्रियामा नगरपालिका, गाउपालिका , वडा पालिका र समूहका सदस्यहरूबीच निरन्तर समन्वय सहकार्य कायम गर्न सकेमा दलित तथा दलित महिला लक्षित बजेट बिनियोजन गर्न सजिलो हुने कार्यक्रम संयोजक औजीको भनाई थियो ।

ghar sansar
सम्बन्धित
Loading...