ghar sansar

दार्चुला अध्यक्ष ओली सहभागी हुने कार्यक्रम भव्य बनाउने गरी तीव्र तयारी, चुनाव प्रचारप्रसारको राष्ट्रव्यापी अभियान सुरु गरिने

khasi

महेन्द्रनगर । दार्चुलामा एमाले अध्यक्ष केपी शर्मा ओली आउने कार्यक्रम तयारी तीव्र पारिएको छ । दार्चुलाको खलंगाबाट राष्ट्रव्यापी अभियानको उ्घाटन गर्न ओली दार्चुला आउन लागेका छन् ।

dirghayi clinic

ओली प्रधानमन्त्री भएको बेला चुच्चे नक्सा जारी भएकै जिल्लाबाट चुनावी सभाको उद्घाटन हुने भएपछि एमाले दार्चुलाले त्यसको तयारी तीव्र पारेको जनाएको छ । एमाले प्रचार विभाग प्रमुख खडक बडालले खलंगामा हुने चुनावी सभामा जिल्लाभरिका वासिन्दा उतार्ने तयारी रहेको बताए।

पहिलो पटक जिल्लाबाट देशव्यापी चुनावी अभियान सुरु हुने भएपछि सबै पालिकाबाट जनमानसको सहभागिता बनाउने एमालेको दाबी छ। भारतले अतिक्रमण गरेको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूगोल समेटेर नक्सा जारी गरेपछि पहिलोपटक दार्चुलामा ओलीको भ्रमण हुन लागेको हो ।

यसअघि ओली २०७० सालको संविधानसभा निर्वाचनको क्रममा दार्चुलाको गोकुलेश्वरस्थित आमसभामा पुगेका थिए । ९ वर्षपछि पुनः दार्चुलामा हुन लागेको ओलीको भ्रमणलाई भव्य बनाउन एमालेले सबै शक्ति परिचालन गर्ने भएको छ ।

Himal dental
सम्बन्धित
Loading...