महेन्द्रनगर । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा १७ कात्तिकमा गृहजिल्ला डडेल्धुरा आउने भएका छन् ।
१७ गतेदेखि चार दिने कार्यक्रमका लागि देउवा जिल्ला आउने कार्यक्रम रहेको वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जनाएको छ ।
उनले एउटामात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा श्रीमती आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका थिए । १७ गतेदेखि चार दिने कार्यक्रमका लागि देउवा डडेल्धुरा आउने कार्यक्रम रहेको कांग्रेस डडेल्धुराका सभापति भीम बहादुर साउदले जानकारी दिए ।
उनका अनुसार यहाँको चार दिने कार्यक्रक सकेर देउवा फेरि काठमाडौं फर्किने र निर्वाचनको केही दिन अगाडि पुनः जिल्ला आउनेछन् ।