ghar sansar

१२ लाख राजश्व उठाएको दोधारा चाँदनीले भीमदत्तसित सम्झौतापछि ४८ लाख पाउँदा पनि दिएन भनेर किन फैलाइदैछ भ्रम

निवर्तमान मेयर विष्ट भन्छन् –४८ लाख बाँडफाँट सहमति भयो, ४८ लाख पहिलाभन्दा बढी हो, भीमदत्तले कहाँनिर कम दियो ? कहाँनिर अन्याय भयो ? यस्ता भ्रम किन छर्नु प¥यो ?’

khasi

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका निवर्तमान मेयर सुरेन्द्र विष्टले दोधारा चाँदनीमा कांग्रेसले रोयल्टी रकमको विषयमा भ्रम फैलाएको बताएका छन् । काँग्रेसका प्रदेश सभा सदस्यका उम्मेदवार बेल बहादुर रानाले विष्टमाथि रोयल्टी रकम नदिएको आरोप लगाएर चुनाव प्रचार गर्न थालेपछि उनले दोधारा चाँदनीमा यसबारे स्पष्ट पारेका छन् । उनी कञ्चनपुर ३ ख मा प्रदेश सभा सदस्यका उम्मेदवार छन् ।

‘आर्थिक वर्ष २०७४÷७५ सम्म तत्कालिन जिल्ला विकास समितिले ठेक्का गर्ने गरेको थियो, दोधारा चाँदनीले कति बजेट पाउँथ्यो ? २०७५÷७६ मा दोधारा चाँदनी नगरपालिकाले आफैं कर उठाउँदा कति उठाएको थियो ? नगरपालिकामा हिसाब हेर्नु होला’ दोधारा चाँदनीमा आयोजित चुनावी भेलामा उनले भने, ‘आर्थिक वर्ष २०७६÷७७ र २०७७÷७८ मा दुवै नगरपालिकाबीच सम्झौता भएर ४८ लाख रुपैयाँ बाँडफाँट हुने सहमति भएको छ, ४८ लाख रुपैयाँ पहिलाभन्दा बढी हो । भीमदत्तले कहाँनिर कम दियो ? कहाँनिर अन्याय भयो ? यस्ता भ्रम किन छर्नु प¥यो ?’

Anant bahu travels

भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाबीच आर्थिक वर्ष २०७६÷०७७ मा महाकाली नदीको रोयल्टी रकम बाँडफाँटमा सहमति भएर सम्झौता भएको थियो । भीमदत्त नगरपालिकाका निवर्तमान मेयर विष्ट र दोधारा चाँदनी नगरपालिका निवर्तमान मेयर बीर बहादुर सुनारले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

dirghayi clinic

भीमदत्तले रोयल्टी ठेक्का बन्दोबस्ती गरी दोधारा चाँदनी नगरपालिकालाई सुदूरपश्चिम प्रदेश सरकारलाई दिनु पर्ने ४० प्रतिशत रकम बाहेकमा ३८ प्रतिशत दिने गरी सम्झौता गरिएको छ । दुई नगरपालिकाबीच सम्झौता अघि भने दोधारा चाँदनीका दुई आर्थिक वर्षमा १२ लाख र १५ लाख मात्रै आम्दानी गरेको थियो ।

दुबै नगरपालिका तत्कालिन मेयरले गरेको सम्झौतामा दोधारा चाँदनी नगरपालिका तत्कालिन नगर प्रवक्ता दिल बहादुर सिजाली सहित वडा अध्यक्षहरु रोहवर बसेका छन् ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन घोषणा भएपछि दोधारा चाँदनी नगरपालिका तत्कालिन प्रवक्ता सिजाली आफैंले रोयल्टी विषयमा विवाद बढाएका छन् । उनले फेसबुकमा लेखेर प्रचार गरेपछि प्रदेश सभा सदस्यका उम्मेदवार रानाले मेयर विष्टले रकम नदिएको भन्दै प्रचार गरि रहेका छन् ।

भीमदत्त नगरपालिकाका तत्कालिन प्रवक्ता हिमाल चन्दले दुबै नगरपालिकाका मेयरको सहमतिमा रोयल्टी बाँडफाँटमा सम्झौता गरिएको बताए ।

‘दुबै नगरपालिकाका मेयरले सम्झौतामा हस्ताक्षर गरेका छन्, त्यसमा वडा अध्यक्ष रोहवर बसेका छन्, अनि आएर त्यसलाई लिएर दिएन भनेर प्रचार गर्दैछन्, यो सब चुनावी फण्डा हो, जनता सबैले जानेका छन्’ उनले भने,‘केही एजेण्डा नभएपछि आरोप लगाउन बाहेक अरु विकल्प पनि छैन नि ।’

Himal dental
सम्बन्धित
Loading...