ghar sansar

भीनपा १९ मा पनि काँग्रेसका बागी सिहको सम्पर्क कार्यालय

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिहले भीमदत्त नगरपालिका १९ बागफाँटामा सम्पर्क कार्यालय खोलेका छन् । भीमदत्त नगरपालिका ४ जानकीटोलमा सिहले मुख्य निर्वाचन पचिालन कार्यालय खोलेका छन् ।

dirghayi clinic

काँग्रेसका महाधिवेशन प्रतिनिधि सिह पटक पटक होइन, एक पटक, राजनीतिक पेशा होइन, सेवा हो भन्ने नारा लिएर काँग्रेसका प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखक विरुद्ध बागी भएर लडेका छन् ।

कञ्चनपुर क्षेत्र नं. ३ क मा प्रदेश सभा सदस्यका आकाँक्षी उनी काँग्रेसले आकाँक्षीसित छलफल नगरी टिकट दिएपछि असन्तुष्ट भएका छन् ।

काँग्रेसमा एकै व्यक्तिले पटक पटक अवसर पाएपछि आफू त्यस विरुद्ध स्वतन्त्र भएर चुनावी मैदानमा आएको सिहले बताउँदै आएका छन् ।

Himal dental
सम्बन्धित
Loading...