ghar sansar

लालझाडीका सबै वडामा एमालेले एकै साथ खोल्यो सम्पर्क कार्यालय, उम्मेदवारद्वय तामाङ्ग र थापाले गरे उद्घाटन

dirghayu ad

महेन्द्रनगर । नेकपा (एमाले) ले लालझाडी गाउँपालिकाका सबै ६ वडामा एकै साथ चुनाव प्रचारप्रसारका लागि सम्पर्क कार्यालय खोलेको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनििध सभा सदस्यका उम्मेदवार तारालामा तामाङ्ग र प्रदेश सभा सदस्यका उम्मेदवार बीर बहादुर थापाले सम्पर्क कार्यालय उद्घाटन गरेका छन् ।

एमालेका उम्मेदवार तामाङ्ग र थापा दुबैले एमाले कञ्चनपुरको नेतृत्व गरि सकेका छन् । उनीहरुमा तामाङ्ग पूर्व र थापा निर्वतमान अध्यक्ष हुन् ।

ratnam malkhad

अघिल्लो निर्वाचनमा प्रतिनिधि सभा सदस्यका उम्मेदवार तामाङ्ग लालझाडी र पुनर्वास नगरपालिका सहितको प्रदेश सभा क्षेत्र १ (क)बाट निर्वाचित भएका थिए । प्रदेश सभा सदस्य निर्वाचित भएपछि उनी सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक मामिला मन्त्री भई सकेका छन् ।

तामाङ्ग र थापा दुबै पुनर्वास नगरपालिकाका हुन् । एमालेबाट विद्यार्थी राजनीतिबाट आएका तामाङ्ग २०५४ को स्थानीय निकाय निर्वाचनमा २४ वर्षको उमेरमा साविक कालिका गाविसको अध्यक्ष निर्वाचित भएका थिए ।

माओवादीको सशस्त्र जनयद्धु लडेका थापा नेकपा विघटनपछि एमाले आएका हुन् । प्रतिनिधि सभा सदस्यमा सत्ता गठबन्धनका विना मगर उममेदवार छिन् । तामाङ्ग र थापा मगरलाई जिताउन अघिल्लो निर्वाचनमा सक्रिय भएर लागेका थिए ।

एमाले क्षेत्र १(क) प्रदेश सभा सदस्यका उम्मेदवजार विर बहादुर थापाले जनता आफ्नो पक्षमा रहेको र यस क्षेत्रको समग्र बिकासका लागि आफु जस्तो सुकै चुनौतीको सामना गर्न पछि नहट्ने बताए ।

तत्काल ठूलो समस्याको रुपमा देखापरेको दोदा नदी कटानको समस्या समाधान गर्न तटवन्धको कार्यक्रम तत्काल ल्याउने थापाले बताए । प्रतिनिधि सभा सदस्यका उम्मेदवार तामाङ्गले समेत नेता कार्यकर्ताहरुलाई चुनावमा खटिन आब्हान गरेका छन ।

 

Himal dental
सम्बन्धित
Loading...