एमालेका प्रदेश सभा सदस्यका उम्मेदवार विष्टले भने– कुतियावर र खैरभैट्टी विकासले जोडिनु आवश्यक छ, त्यसका लागि मत पाउनेमा ढुक्क छौ

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ मा चुनावी तालमेल गरेका एमाले र राप्रपाले दोधारा चाँदनी नगरपालिका १ मा संयुक्त सभा गरेका छन् । सभालाई एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल, प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्ट लगायत नेताले सम्बोधन गरेका छन् ।

‘यो निर्वाचन केवल निर्वाचनको लागि मात्र नभई मुलृकलाई समृद्धिको यात्रामा लैजानका लागि हो’ प्रदेश सभा सदस्यका उम्मेदवार विष्टले भने, ‘जनताका समस्या समाधान र यस क्षेत्रको विकास गर्ने अवसर दिन जनता आएका छौ ।’

janjyoti campus

उनले एमालेको समृद्ध नेपाल सुखी नेपाली नारालाई पूरा गर्न आफू र आफ्नो पार्टी जनता सामु आएको उनको भनाइ छ । विकास गाँउबाट हुनु पर्छ, गाउँबाट विकास भए मात्र मुलकको विकास हुने’ विष्टले भने ‘निर्वाचनमा आफ्नो पार्टी सफल भएमा दोधारा चाँदनी र भीमदत्तलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने आफनो योजना रहेको र अब विकासको सूर्य पश्चिमबाट उदाउने भएकोले त्यो सूर्य दोधारा चाँदनीबाट शुरुवात हुने मा आफू ढुक्क रहेको बताए ।

‘शैक्षिक समस्या समाधान गर्नु पर्नेछ । जीवन उपयोगी शिक्षा अहिलेको आवश्यकता हो । कुतियाकवरदेखी खैयरभट्टीसम्म विकास आवश्यक छ, त्यो विकासका लागि जनताले एमालेका उमेदवारलाई मतदान गर्नेमा आशावादी छौ’ उनले भने ।

ghar sansar
सम्बन्धित
Loading...