ghar sansar

भारतको एकलौटी विरुद्ध दार्चुला आक्रोशित, भारततिर ढुङ्गामुढा प्रहार, व्यास सडक अवरुद्ध

महेन्द्रनगर । भारतीय पक्षले दार्चुला सदरमुकाम पारि महाकाली नदी किनारमा तटबन्ध निर्माण गर्न थालेपछि स्थानीयले ढुंगामुढा गरेका छन्। उनीहरुले व्याँस सडक पनि अवरुद्ध पारेका छन् ।

भारतीय स्काभेटरले नेपाली भूभागबाट ढुंगा लगेपछि विवाद भएको स्थानीयले बताए।स्काभेटरको प्रयोग गरी नेपालबाट ढुंगा लग्न नपाउने र नेपाली भूभाग डुबाउने गरी तटबन्ध निर्माण भइरहेकोमा बिरोध गर्दै आक्रोशित स्थानीयले बुधबार पारि ढुंगा प्रहारसमेत गरेका छन् ।

दार्चुला सदरमुकामको बंगाबगड क्षेत्र भन्दा ठिक पारि भारतले गतवर्षदेखि एकतर्फी रुपमा तटबन्ध निर्माण गरिरहेको छ । अन्र्तराष्ट्रिय कानूनलाई उल्लंघन गर्दै भारतले पटक–पटक सीमा क्षेत्रमा यस्ता गतिविधि बढाएपछि स्थानीय आक्रोशित छन् ।

उनीहरुले आज पनि व्यासँ सडक ४ घण्टा अबरुद्ध गरे । दार्चुलाका प्रमुख जिल्ला अधिकारी दिर्घराज उपाध्यायले भारतीय समकक्षीसँग वार्ता गर्ने बताएपछि अबरुद्ध सडक सञ्चालनमा आएको छ ।

भारतीय पक्षले लामो समयदेखि रोकेको तटबन्ध निर्माणको काम मंगलबारबाट पुनः सुरु गरेको थियो । भोली (बिहीबार) भारतीय अधिकारीसँग जिल्ला प्रशासन कार्यालयमा तटबन्धबारे छलफल हुनेछ ।

Himal dental
सम्बन्धित
Loading...