ghar sansar

एमाले अध्यक्ष ओली दिउँसो महेन्द्रनगर आउँदै, खुला मञ्चमा चुनावी सभालाई सम्बोधन गर्ने

khasi

महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज दिउँसो महेन्द्रनगर आउन लागेका छन् । खुला मञ्चमा एमालेको चुनावी सभालाई सम्बोधन गर्न उनी महेन्द्रनगर आउन लागेका छन् । आम सभामा करिब ३० हजार जनमानस उर्ताने तयारी गरिएको एमालेको दाबी छ।

एमाले कञ्चनपुरले बिहीबार पत्रकार सम्मेलन गरी आमसभाको तयारी झण्डै अन्तिम तयारीमा पुगेको जनाएको हो। आमसभाको तयारीका लागि ८ वटा समिति परिचालन गरी काम भइरहेको एमाले उपाध्यक्ष तथा आमसभा मूल समिति संयोजक लक्ष्मी बुढाले बताइन् ।

Anant bahu travels

‘भोली महेन्द्रनगरको खुल्ला मञ्चमा दिउँसो २ बजेबाट कार्यक्रम सुरु हुन्छ,’ उनले भनिन्, ‘उक्त कार्यक्रमलाई अध्यक्ष ज्यूले ४ बजे सम्बोधन गर्नु हुनेछ ।’ कार्यक्रमलाई व्यवस्थित बनाउनका लागि स्वयमसेवक परिचालन गरिने छन् ।

‘कार्यक्रमबारे स्थानीय प्रशासनलाई जानकारी गराएका छौं, आवश्यक सुरक्षा व्यवस्था मिलाई दिनु भनेका छौं,’ उनले भनिन्, ‘कार्यक्रममा स्वयमसेवकहरु पनि परिचालित हुन्छन् ।’

dirghayi clinic

आमसभामा कञ्चनपुरका ९ वटै स्थानीय तहका व्यक्तिहरुलाई सहभागी गराउन पार्टी कमिटीहरुलाई भनिएको छ। ‘स्थानीय तह स्तरका कमिटीहरुले प्रचारप्रसारका कार्यक्रमहरु गरिरहेका छन्,’ बुढाले भनिन्, ‘सम्बन्धित पालिकाका कमिटीहरुले कार्यक्रममा सहभागीहरुको आवतजावतको व्यवस्था मिलाउने छन् ।’

एमालेका जिल्ला अध्यक्ष तथा क्षेत्र ३ को प्रदेशसभा (१) का उम्मेदवार सुरेन्द्र विष्टले अध्यक्ष ओलीले पहिलो दिनको चुनावी आमसभाका लागि कञ्चनपुरलाई प्राथमिकतामा राखेको र अब पश्चिमबाट सूर्य उदाउने बताए ।

‘पार्टीका कार्यक्रमहरु प्राय पूर्वबाट गरिने परम्परा थियो,’ उनले भने, ‘यसपटक पश्चिमबाट सुरुवात गरिएको छ र मंसिर ४ गतेको निर्वाचनमा यसक्षेत्रमा सूर्य ध्वजाबाहक उम्मेदवार विजयी हुने निश्चित छ ।’

अध्यक्ष ओली महेन्द्रनगर आउनु अघि दार्चुला र बैतडीको आमसभालाई सम्बोधन गर्ने छन् । राष्ट्रियताको रक्षार्थ अध्यक्ष ओलीले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका भूभाग रहेको दार्चुला जिल्लाबाट चुनावी प्रचारप्रसार सुरु गर्न लागेको एमालेले जनाएको छ ।

Himal dental
सम्बन्धित
Loading...