ghar sansar

एमाले उम्मेदवार तामाङ्ग भन्छन्– जनताले गठबन्धनलाई ठगबन्धन भन्दैछन्, ३६ को उल्टो आँकडामा हिँड्यो

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्यका एमाले उम्मेदवार तारालामा तामाङ्गले सत्ता गठबन्धनलाई ठगबन्धन भन्दै जनता सूर्यलाई चुनाव जिताउनु आतुर भएको बताएका छन् । उनले एमसीसी र नागरिकता विधेकयमा सत्ता गठबन्धनको असली रुप सबैले देखेको उल्लेख गरे ।

‘जनता सूर्यमा मतदान गर्न आतुर छन्, यो गठबन्धनलाई ठगबन्धन रोज्न तयार छैन, ठगबन्धन भन्दै छन्’ बेलौरी नगरपालिका ६ भुराकोटमा आयोजित चुनावी कार्यक्रममा उनले भने,‘एमसीसी, नागरिकता विधेयकमा असली रुप देखि सकिएको छ, यसको पछि कोही नि लाग्नेवाला छैन ।’

Anant bahu travels
dirghayi clinic

उम्मेदवार तामाङ्गले सत्ता गठबन्धनका काँग्रेस र माओवादीका फरक घोषणा पत्र जारी गरी ३६ को उल्टो आँकडामा हिँडेको कटाक्ष गरे ।

‘विचार फरक छ, सिद्धान्त फरक छ, घोषणा पत्र फरक छन्, कसरी भोट हाल्ने, त्यसैले गठबन्धन ३६ को उल्टो दिशामा हिँडेको छ’ उनले भने,‘घोषणा पत्र नै फरक फरक भएपछि जनताले कोलाई भोट हाल्ने भन्नै अन्यौलछ ।’

कार्यक्रमा एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्य नन्दलाल चटौत र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भवानी शंकर रेग्मी लगायतले नेताले सम्बोधन गरे ।

Himal dental
सम्बन्धित
Loading...