ghar sansar

भारतसित यतिसम्म निरीह देखिए देउवा, भन्छन् –लडेर लिपुलेक फिर्ता ल्याउन सकिँदैन

dirghayu ad

महेन्द्रनगर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लिपुलेक–लिम्पियाधुरा लडेर फिर्ता ल्याउन नसकिने बताएका छन् । गृहजिल्ला डडेल्धुरा सदरमुकाम बसपार्कमा बिहीबार सत्ता गठबन्धनले आयोजना गरेको बृहत् चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लिपुलेक–लिम्पियाधुरा सीमा समस्याको समाधान वार्तामार्फत गरिने बताएका हुन् ।

देउवाले छिमेकी देश भारत र चीनसँगको सम्बन्ध कसिलो बनाउने पनि बताए। राजनीतिक नाफा घाटाका लागि सीमाजस्तो संवेदनशील विषयलाई अनावश्यक रूपमा मुद्दा बनाउन नहुने उनको भनाइ थियो। उनले वैदेशिक सम्बन्धमा सुधार गर्दै नेपालको लोकतन्त्रलाई अझ सुदृढीकरण गर्ने बताए ।

ratnam malkhad

उनले भने, ‘लिपुलेक खोसेर फिर्ता ल्याउन सकिँदैन । हामी भारतसँग लडेर फिर्ता ल्याउन सक्दैनौं,’ उनले भने, ‘सीमा समस्या दुई देशबीच हुने मित्रवत व्यवहारले मात्र समाधान हुने हो ।’

देउवाले एमाले अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई २ बजे उठाएर संसद् भंग गरेको आरोपसमेत लगाए ।

‘ओलीजीले राति २ बजे राष्ट्रपतिलाई उठाएर ससद् भंग गरे,’ उनले भने, ‘त्यसपछि मात्रै म प्रधानमन्त्री भएको हुँ। यसपटक मेरो प्रधानमन्त्री बन्ने मन त थिएन तर ओलीजीको गलत कदमका कारण म प्रधानमन्त्री हुनुपरेको हो।’

देउवाले पाँचदलीय गठबन्धन १०÷१५ वर्षसम्म हुनुपर्ने आफ्नो मान्यता रहेको पनि औंल्याए। देशको समृद्धि र आर्थिक विकासका लागि राजनीतिक स्थायित्व आवश्यक भएकाले पनि गठबन्धनको राजनीतिले निरन्तरता पाउनुपर्ने उनको तर्क थियो ।

उनले थपे, ‘देशको स्वाभिमान बचाउन र संविधानको रक्षा गर्न माधव नेपाल र प्रचण्डजीले म कहाँ आएर तपाईंले प्रधानमन्त्री भइदिनुप¥यो भन्नुभयो। पार्टीको विचार फरक–फरक भए पनि राजनीतिक मुद्दामा लोकतान्त्रिक गठबन्धन एक भएर अगाडि बढेको हो।’

राजनीतिमा स्थायी शत्रु नहुने उल्लेख गर्दै देउवाले माओवादीलगायतका दलसँग गठबन्धन गरी चुनावमा गएको बताए। देउवाले सुदूरपश्चिमको पर्यटन विकासका लागि आफूले सक्दो प्रयास गर्ने आश्वासन मतदातालाई दिए ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको विकासका लागि अबको ५ वर्ष धनगढी–डडेल्धुरा ४ लेनको सडक निर्माण, पश्चिम सेती परियोजनाको काम शुरुवात, डडेल्धुरामा एयरपोर्ट निर्माण, डडेल्धुरा मेडिकल कलेज सञ्चालनलगायत ग्रामीण सडकहरू कालोपत्रे गरिने आश्वासन पनि दिए ।

Himal dental
सम्बन्धित
Loading...