
महेन्द्रनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ काँग्रेसलाई आफूले गरेको कुनै पनि काम देखाउन चुनौती दिएका छन् । खुला मञ्चमा गरिएको चुनावी सभामा उनले सरकारका नेतृत्व मात्रै गरेर जनतालाई कही फाईदा नभएको उल्लेख गरे ।
‘काँग्रेसले कुनै काम गरेको छ भने देखाओस, यो काम गरेको छु भनेर देखाओस’ उनले भने,‘सरकारको नेतृत्वका लागि के गर्ने, सहभागिताका लागि के गर्ने भनेर हुँदैन, जनताका लागि पनि केही न केही गर्नु पर्छ ।’

अध्यक्ष ओलीले आफूले हुलाकी राजमार्ग, पूर्व पश्चिम राजमार्ग, कर्णाली राजमार्ग, मदन भण्डारी राजमार्ग लगायतका ठूला योजना अघि बढाएको उल्लेख गरे ।
