ghar sansar

प्रधानपञ्चको प्रदेश साँसद सपना

–भुपी उपाध्याय
महेन्द्रनगर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य भीमदत्त नगरपालिका प्रधानपञ्च धर्मराज जोशी कञ्चनपुर ३ क बाट प्रदेश सभा सदस्यका लागि चुनावी मैदानमा छन् । दुई भीमदत्तको प्रधानपञ्च भएका उनी ६९ वर्षमा एमालेको साथ पाएर प्रदेश सभा सदस्यमा चुनाव लडेका छन् ।

झण्डै साढे चार दशक अघि पञ्चायतकालिन वडाध्यक्षबाट तत्तकालिन महेन्द्रनगर नगरपालिकाको नगर पञ्चायतको जिम्मेवारी निर्वाह गरेका जोशी मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा आईपुग्दा प्रदेश सभा सदस्यको यात्रामा होमिएका छन ।

lotus institite

७० बर्षिया जोशी पाँच दशक राजनीतिमा सकृय रहेको पाईन्छ । ३४ सालमा महेन्द्रनगर नगरपालिका ११ नम्बरको वडाध्यक्ष, ०३५ देखि ०३९ सालसम्ममा जिल्ला पञ्चायत सदस्य, ०३९ मै पहिलो पटक महेन्द्रनगर(भीमदत्तत) नगर पञ्चायत, ०४४ मा पुन दोस्रो पटक नगर पञ्चायत अर्थात भीमदत्त नगरको मेयर, ०५१ मा मध्यावर्ती निर्वाचन क्षेत्र ३ बाट सहभागि भएर सम्मानजक मत पाएका थिए ।

बहुललिय व्यवस्था आएपछि ०५४ सालमा पुन भीमदनत्त नगरपालिकाको मेयरमा उम्मेदवार एमाले उम्मेदवार स्व. सुर्य बहादुर कुँवरसंग पराजित । ०६४ पहिलो संविधान सभा सदस्य निर्वाचनमा सहभागि भएका जोशीले अहिले प्रदेश सभा रोजेका हुन । ०४७ सालमा राष्ट्रिय प्रजातान्त्रिक पार्टीको सचिवको जिम्मेबारी निर्वाह गरेका थिए ।

daimond public

०६० मा पार्टीका केन्द्रीय सदस्य, ०७८ सालमा पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा पार्टीको केन्द्रीय कार्य सम्पादन समिति सदस्य जो संसदीय समिति रहर हुन्छ । समाजिक सेवाका साथै राजनीतिक रुपमा लामो अनुभव बोकेका जोशीलेले आफ्नो निर्वाचन क्षेत्रको सम्बृद्धिका लागि विवित एजेण्डा अघि सारेका छन ।

एमालेको साथ पाएका राप्रपा प्रदेश सभा सदस्य समेत रहेका क्षेत्र ३(क)का उम्मेदवार धर्मराज जोशीले गरिब उन्मुलन गर्ने मुल एजेण्डा अघि सारेका छन । ‘गरीबी हटाउने मेरो मुख्य काम हुन्छ, ‘उनले भने, ‘जबसम्म गरिबी हट्दैन तबसम्म सम्मुनत समाज बन्दैन ।’ कक्षा १२ सम्म शिक्षा पुर्ण निःशुल्क, प्राविधिक शिक्षा विस्तार, सुदूरपश्चिम विश्वविद्यालयलाई प्राविधिक शिक्षामुलुक बनाउने जोशीको एजेण्डा रहेका छन ।

स्वास्थ्य बिमा प्रभावकारी, ७० बर्ष भन्दा बढि उमेर पुगेका जेष्ठ नागरिकको घर घरमै गएर ३÷३ महिनामा स्वास्थ्य चेकअप गर्ने, ढल व्यवस्थापन गर्ने, कृषिको विकास, निकुञ्ज क्षेत्रबाट बन्यजन्तुबाट हुने मानविय तथा अन्नबाली क्षति रोक्ने, महाकाली सिँचाई तेस्रो चरणको नहर अन्र्तरगत उत्तरी क्षेत्रमा रहेका जनतालाई सिँचाई सुविधा पु¥याउने, महेन्द्रनगरलाई स्र्माट सिटी बनाउँने छाडा पशु चौपाया नियन्त्रण गर्ने एजेण्डा अघि सारेका छन । ‘बनखेत क्षेत्र औद्योगिक क्षेत्र हो, ‘उनले भने, ‘अब भीमदत्त नगरपालिकालाई गुरु योजना अन्र्तरगत अघि बढाउँँदै आधुनिक नगरपालिकामा परिणत गछुँ ।’

राप्रपा कञ्चनपुरकी महिला नेतृ हेलेन श्रेष्ठले राप्रपाले क्षेत्र ३ मा एमालेसंग गठबन्धन गरेसंगै निर्वाचन क्षेत्रमा निरन्तर प्रचारप्रसार जारी रहेको बताए ।

‘हामी पार्टी र स्थानीय विकास एजेण्डा अघि सारेर चुनावमा होमिएका छौँ ।’ निरन्तर चुनावी अभियानमा सबै वडा क्षेत्रबाट राप्रपा–एमाले गठबन्धनमा जनताको साथ सर्मथन पाईएको श्रेष्ठले बताईन । ‘हामीले स्थानीय तहमा पनि यस क्षेत्रबाट राम्रो जनमत पाएका थियौँ, ‘उनले भनिन, ‘अहिले पनि आशावादीमा छौँ ।’

महेन्द्रनगर । कञ्चनपुर ३ का स्वतन्त्र उम्मेदवार सिहको सम्पर्क कार्यालय हटाउन काँग्रेस कार्यकर्ताको दबाव, रमेश लेखकको निर्देशनमै दवाव आएको सिहको दावी महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिंहले राजीपुरमा खोलेको सम्पर्क कार्यालय हटाउन काँग्रेस कार्यकर्ताले दबाव दिएका छन् ।

Himal dental
सम्बन्धित
Loading...