महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डडेल्धुरामा काँग्रेस विपीका उम्मेदवार कर्ण मल्ललाई एमालेको पूर्ण सहयोग र सर्मथन भएको बताएका छन् ।
महेन्द्रनगरस्थित खुला मञ्चमा उनले चुनावी सभालाई सम्बोधन गर्दै उनले मल्ललाई असहयोग हुने भनेर भ्रम मात्रै फैलाइएको बताए ।
‘डडेल्धुरामा एमाले केन्द्रीय कमिटिको निर्णय अनुरुप कर्ण मल्ललाई सहयोग गर्छ, ‘ओलीले भने, ‘स्थानीय नेता कार्यकर्ताहरुले केन्द्रको निर्णय अनुरुप मल्लको चुनाव प्रचारमा खटिनु ।’ अध्यक्ष ओलीले मंसिर ४ पछि सत्ता गठबन्धन भत्किने बताउनुभएको छ ।