ghar sansar

मंसिर ४ पछि सत्ता गठबन्धन भत्किने एमाले अध्यक्ष ओलीको दावी

little buddha academy
khasi

महेन्द्रनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ पछि सत्ता गठबन्धन भत्किने बताएका छन् । उनले जनताको आशा गठबन्धन सरकारले काम गर्न नसकेको आरोप लगाए ।

‘मंसिर ४ पछि गठबन्धन भत्किन्छ,’ खुला मञ्चमा आयोजित एमालेको चुनावी सभामा अध्यक्ष ओलीले भने, ‘गठबन्धनका रहेका नेताको ६तिर मुख फर्किएको छ’ उनले भने, ‘यसले जनअपेक्षा अनुरुप काम गर्न नै सकेको छैन ।’

,orning glory badhai
dirghayi clinic

अध्यक्ष ओलीले चुनावपछि एमालेको बहुमतको सरकार बन्ने र त्यसले सबै विद्यमान समस्या हटाउने उल्लेख गरे । उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) र एमालेका पूर्व अध्यक्ष माधव कुमार नेपाल सहितलाई संकेत गर्दै कटाक्ष गरेका छन् ।

उनले भने,‘प्रचण्डले आफ्ना मान्छेका लागि सेटिङ्ग गरे, देउवाले गेटा मेडिकल कलेज डडेल्धुराको तुफान डाँडा लगे अनि क्षेत्र ३ बाट बाम गठबन्धनका उम्मेदवार रमेश लेखकले एमाले पोलिट्ब्यूरो सदस्य निरुदेवी पाललाई चिनेनन् ।’

दोधारा चाँदनीमा दुई बर्ष भित्रै महाकाली सिँचाईका १० क्युसेक पानी पु¥याउने, पश्चिमसेती, पञ्चेश्वर, दैजी औद्योगिक क्षेत्र अघि बढाउने, महाकाली पुल, तेस्रो चरण, करिडोर लगायतका विकास निर्माणका काम अघि बढाउने उनले बताए ।
सुदूरपश्चिम विश्वविद्यालय र गेटा मेडिकल कलेज अघि बढाईने ओलीको दावि छ । एमसीसी एमालेले पास नगरेको बताउँदै ओलीले गठबन्धन सरकारले गरेको बताए ।

Himal dental
सम्बन्धित
Loading...