
एमाले अध्यक्ष ओलीले रमेश लेखकलाई भने– एमालेले गरेको कामलाई आफूले गरेको भन्ने ?’ दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास के तपाईले गर्नु भएको हो ?
निरु पाल एमालेको पोलिटब्युरो सदस्य हो, मंसिर ४ पछि चिन्नु हुन्छ
महेन्द्रनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकले धेरै वर्ष सत्तामा सबेर पनि केही गर्न नसकेको आफ्नो भन्दै आलोचना गरेका छन् ।
खुला मञ्मा एमालेको आमसभालाई सम्बोधन गर्दै ओलीले लेखकलाई अहिलेसम्म क्षेत्रमा विकासको के–के काम गरेको भनेर प्रश्न समेत गरे ।
‘०५६ सालदेखि चुनाव लड्दै हुनु हुन्छ, गर्नु चै के भयो ? एमालेले गरेको कामलाई आफूले गरेको भन्ने?’ ओलीले भने, ‘दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास के तपाईले गर्नु भएको हो ?’
मंसिर ४ मा जनताले नेकपा एमालेको पक्षमा मतदान गरेर गठबन्धनलाई पराजित गर्ने ओलीको भनाइ थियो । ‘मंसिर ४ मा झ्याम्म खाएपछि निरु पाललाई चिन्नु हुन्छ, एमालेको पोलिटब्यूरो सदस्य निरु पाललाई चिन्नु हुन्न, यत्रो वर्ष कहाँ जानु भएको थियो ? नेपालमा हुनु हुन्थेन?,’ उनले भने ।
कांग्रेसलाई जनताको पक्षमा विकास गर्ने सार्मथ्थ समेत नभएको ओलीले उल्लेख गरे। लेखक सत्तारुढ गठबन्धनका तर्फबाट कञ्चनपुर क्षेत्र नं. ३ मा उम्मेदवार छन्। उनीसँग एमाले कञ्चनपुरकी इन्चार्जसमेत रहेकी निरु पाल प्रतिस्पर्धामा छिन् ।
केही दिनअगाडि चुनावी कार्यक्रममा लेखकले पाललाई जनताले नचिनेको भनेर भाषण गरेका थिए ।
