एमाले उम्मेदवार धामीले घरदैलोमा पुगेर मतदातालाई सुनाउन थाले पाँच वर्षे उपलब्धि, भन्छन्–‘सकेजतिको काम गरेको छु, थुपै्र बाँकी छन् ती पूरा गर्न फेरि एक पटक मौका दिनु होस
महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनधि सभा सदस्यका एमाले उम्मेदवारर बहादुर धामीले ले चुनावी घरदैलो सुरु गरेका छन् ।
कृष्णपुर नगरपालिका २ बाट घरदैलो अभियान सुरु गरिएको छ । उनीसंगै प्रदेश सभा सदस्यका उम्मेदवार बचन बहादुर सिह सहभागी भएका छन् । सिह प्रदेश सभा सदस्य २ क बाट चुनावी मैदानमा छन् ।
यसक्रममा प्रतिनिधि सभाका उम्मेदवार धामीले पाँच वर्षे कार्यकालमा गरेका कार्यहरु सुनाउँदै बाँकी रहेका विकास कार्यहरु पूरा गर्नका लागि भोट दिन आवश्यक रहेको बताएका थिए । उनले भोट दिए जनताको भोट खेर जान नदिने र पुरै इमान्दारिताका साथ यस क्षेत्रको विकासमा लाग्ने जनाएका थिए ।
बाटोघाटो, शिक्षा, स्वास्थ्य, पूर्वाधारमा आफूले उल्लेख्य काम गरेको धामीको भनाई थियो । ‘सकेजतिको काम गरेको छु, बीचमा कोभिडले पनि २ वर्षभन्दा बढी काम गर्न पाइएन, कोरोनातर्फ बजेट खर्च भयो, तथापि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा अपेक्षित कामहरू भएका छन् । अझै थुप्रै काम गर्न बाँकी छ, त्यो म पूरा गर्न भोट दिनुहोला,’ उनले भने ।
आफू सधैं जनताको समस्यासँग जानकार रहेको बताउँदै धामीले जनताका बाँकी समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यस क्षेत्रको विकास, शिक्षाको सुधार, स्वास्थ्य देखि पूर्वाधार विकासका विषयमा आफुहरुसँग प्रष्ट खाका रहेको र यीनै योजना कार्यन्वयन गर्नपनि आफुहरुलाई भोट दिन जनतासँग धामीले आग्रह गरेका थिए । धामी निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् ।
पुन पनि यस क्षेत्रको चौतर्फी विकासका लागि उम्मेदवार धामीलाई पाएपछि मतदाता उत्साहित देखिएका छन् । मन्त्री नहुँदा समेत संसदमा यहाँका समस्याहरु समाधानका लागि बुलन्द रुपमा आवाज उठाएको भन्दै धामीलाई मतदाताहरुले विजयीको अग्रमी बधाई र शुभकामना समेत दिएका छन् ।
क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट एनपी साउँद चुनावी मैदानमा छन् । २०७४ सालको निर्वाचनमा साउँदलाई पराजित गर्दै धामी सांसद बनेका थिए ।