ghar sansar

एमाले उम्मेदवार धामीले घरदैलोमा पुगेर मतदातालाई सुनाउन थाले पाँच वर्षे उपलब्धि, भन्छन्–‘सकेजतिको काम गरेको छु, थुपै्र बाँकी छन् ती पूरा गर्न फेरि एक पटक मौका दिनु होस

khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ का प्रतिनधि सभा सदस्यका एमाले उम्मेदवारर बहादुर धामीले ले चुनावी घरदैलो सुरु गरेका छन् ।

कृष्णपुर नगरपालिका २ बाट घरदैलो अभियान सुरु गरिएको छ । उनीसंगै प्रदेश सभा सदस्यका उम्मेदवार बचन बहादुर सिह सहभागी भएका छन् । सिह प्रदेश सभा सदस्य २ क बाट चुनावी मैदानमा छन् ।

Anant bahu travels

यसक्रममा प्रतिनिधि सभाका उम्मेदवार धामीले पाँच वर्षे कार्यकालमा गरेका कार्यहरु सुनाउँदै बाँकी रहेका विकास कार्यहरु पूरा गर्नका लागि भोट दिन आवश्यक रहेको बताएका थिए । उनले भोट दिए जनताको भोट खेर जान नदिने र पुरै इमान्दारिताका साथ यस क्षेत्रको विकासमा लाग्ने जनाएका थिए ।

dirghayi clinic

बाटोघाटो, शिक्षा, स्वास्थ्य, पूर्वाधारमा आफूले उल्लेख्य काम गरेको धामीको भनाई थियो । ‘सकेजतिको काम गरेको छु, बीचमा कोभिडले पनि २ वर्षभन्दा बढी काम गर्न पाइएन, कोरोनातर्फ बजेट खर्च भयो, तथापि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा अपेक्षित कामहरू भएका छन् । अझै थुप्रै काम गर्न बाँकी छ, त्यो म पूरा गर्न भोट दिनुहोला,’ उनले भने ।

आफू सधैं जनताको समस्यासँग जानकार रहेको बताउँदै धामीले जनताका बाँकी समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस क्षेत्रको विकास, शिक्षाको सुधार, स्वास्थ्य देखि पूर्वाधार विकासका विषयमा आफुहरुसँग प्रष्ट खाका रहेको र यीनै योजना कार्यन्वयन गर्नपनि आफुहरुलाई भोट दिन जनतासँग धामीले आग्रह गरेका थिए । धामी निवर्तमान प्रतिनिधि सभा सदस्य हुन् ।

पुन पनि यस क्षेत्रको चौतर्फी विकासका लागि उम्मेदवार धामीलाई पाएपछि मतदाता उत्साहित देखिएका छन् । मन्त्री नहुँदा समेत संसदमा यहाँका समस्याहरु समाधानका लागि बुलन्द रुपमा आवाज उठाएको भन्दै धामीलाई मतदाताहरुले विजयीको अग्रमी बधाई र शुभकामना समेत दिएका छन् ।

क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट एनपी साउँद चुनावी मैदानमा छन् । २०७४ सालको निर्वाचनमा साउँदलाई पराजित गर्दै धामी सांसद बनेका थिए ।

Himal dental
सम्बन्धित
Loading...