ghar sansar

काँग्रेस प्रवक्ता महतले भने– माओवादी समाजवादी हाम्रो एजेण्डामा आउनु खुसीको कुरा

khasi

महेन्द्रनगर । काँग्रेस प्रवक्ता डा. राम शरण महतले सत्ता साझेदार माओवादी र समाजवादी काँग्रेसको एजेण्डामा आउनु खुसी कुरा भएको बताएका छन् । उनले काँग्रेसले सात दशकदेखि उठाउँदै आएको विषयमा सबै सहमत भएको जनाए ।

‘काँग्रेसले २००७ देखि भन्दै आएको छ, त्यसमा अहिले सबै सहमत भएका छन्, प्रेस स्वतन्त्रता, बहुदलीय शासन प्रणााली, मानव अधिकारका सबै कुरा छन्, लोककल्याणकारी राज्य बनाउने लक्ष्य लिएका छौ’ नेपाल प्रेस युनियन कञ्चनपुरले आइतबार विहान महेन्द्रनगर आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने,‘त्यहीं कुरामा अहिले सबै आएका छन्, यो खुसीको कुरा हो ।’

Anant bahu travels
dirghayi clinic

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले विगत सम्झिएर कहिलेकाँही फरक खालका अभिव्यक्ति दिने गरेको प्रवक्ता महतले बताए । ‘हिजो एउटा विचारबाट उत्प्रेरित थियो, अहिले त्यहीं कारण अभिव्यक्ति आउने गर्छन’ उनले भने ।

उनले सत्ता गठबन्धनका दलले चुनावी घोषणा पत्र फरक बनाए पनि साझा अपील जारी गरी मतदातासम्म ल्याएको उल्लेख गरे । ‘घोषणा पत्र अगल अलग छन्, सबै दल अलग अलग हुन्, एकीकरण हुने होइन’ उनले भने,‘गठबन्धनले साझा अपील जारी गरेको छ, त्यस आधारमा मत दिन आव्हान गरि रहेका छौ ।’

साझा अपीलमा गठबन्धनको लक्ष्य र उद्देश्य निर्धारण गरिएको काँग्रेस प्रवक्ता महतको भनाई छ ।

Himal dental
सम्बन्धित
Loading...