ghar sansar

काँग्रेस प्रवक्ता महतले पत्रकार सम्मेलनमा बोल्दा भने– काँग्रेस नेतृत्वमा सरकार बन्छ, पत्रकारले सोधेपछि भने –छलफल भएको छैन

little buddha academy
khasi

महेन्द्रनगर । काँग्रेस प्रवक्ता डा. राम शरण महतले आइतबार विहान सम्मेलनमा सरकारको नेतृत्वबारे दुई थरी धारणा राखेका छन् । प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले आफूले बोल्दा काँग्रेसले सरकारको नेतृत्व गर्ने र पछि पत्रकारले जिज्ञासा राखेपछि छलफल नभएको जवाफ दिएका हुन् ।

होटेल ओपेरामा गरिएको पत्रकार सम्मेलनमा आशन ग्रहणपछि बोलेका उनले सुरुमा सरकार काँग्रेसको नेतृत्वमा बन्ने बताए । उनले संख्यात्मक हिसाबले कम सीटमा चुनाव लडे पनि नेतृत्व काँग्रेस हुने उल्लेख गरे ।

dirghayi clinic

प्रवक्ता महतले आफ्नो धारणा राखेपछि पत्रकारले उनलाई विभिन्न प्रश्न राखे । पत्रकारहरुले सरकारको नेतृत्वबारे राखेको प्रश्नको जवाफमा भने उनले छलफल नभएको बताए ।

‘अहिले त्यसबारे गठबन्धनमा छलफल भएको छैन, काँग्रेसले ९१ सीट लिएको छ, अन्य दल ७४ सीटमा लडेका छन्, काँग्रेस बढी सीटमा लडेका स्वभाविक रुपमा काँग्रेसको नेतृत्व हुन्छ’ उनले भने, ‘त्यसो भयो भने शेर बहादुरले नेतृत्व गर्नु हुन्छ ।’

सत्ता गठबन्धनले भावी प्रधानमन्त्रीको नाम सार्वजनिक नगरी चुनावी मैदानमा होमिएका सम्बन्धी पत्रकारले प्रवक्ता महतलाई जिज्ञासा राखेका थिए । उनले मिश्रित निर्वाचन प्रणालीको कारण एकल बहुमत आउन नसक्ने बताए ।

प्रवक्ता महतले गठबन्धनको लक्ष्य, उद्देश्य र लय सबै मिलेको उल्लेख गर्दै थोरै सीटमा लडे पनि बढी नतिजा ल्याउने गठबन्धनको लक्ष्य भएको बताए ।

Himal dental
सम्बन्धित
Loading...