काँग्रेसको निर्वाचन परिचालन समितिका संयोजक पार्टी प्रवक्ता महत भन्छन्– कञ्चनपुरमा पनि मित्रवत प्रतिस्पर्धा हो र ?

महेन्द्रनगर । काँग्रेस प्रवक्ता डा. राम शरण महतले कञ्चनपुर सत्ता गठबन्धनबीच मित्रवत प्रतिस्पर्धाबारे आफूलाई थाहा नभएको बताएका छन् । उनले आइतबार विहान पत्रकार सम्मेलनमा मित्रवत प्रतिस्पर्धाबारे अनविज्ञता जनाए ।

प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले देशभर ५÷७ सीटमा मित्रवत प्रतिस्पर्धा भएको उल्लेख गर्दै कञ्चनपुरबारे थाहान भएको बताएका हुन् ।

janjyoti campus

‘देशभर ५÷७ सीटमा मित्रवत प्रतिस्पर्धा भएको छ, कञ्चनपुरमा पनि हो र मित्रवत प्रतिस्पर्धा’ पत्रकार सम्मेलनमा उनले भने ।

सत्ता गठबन्धनमा भागबण्डामा सहमति हुन नसकेपछि सत्ता साझेदार एकीकृत समाजवादी मित्रवत प्रतिस्पर्धाका लागि चुनावी मैदानमा होमिएको छ । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ क र निर्वाचन क्षेत्र नं. २ ख मा समाजवादीका उम्मेदवार चुनावी मैदानमा छन् ।

पत्रकार सम्मेलनमा डा. मतहतलाई पत्रकारहरुले सत्ता गठबन्धनभित्रै प्रतिस्पर्धाबारे जिज्ञासा राखेका थिए । त्यसको जवाफमा उनले आफूलाई यसबारे थाहा नभएको बताएका हुन् ।

काँग्रेस प्रवत्त mा महत काँग्रेसका निर्वाचन परिचानल समितिका समितिका संयोजक छन् । उनी प्रधानमन्त्री शेर बहादुर देउवाको गृह जिल्ला डडेल्धुराका चुनावी प्रचारमा सहभागी हुन महेन्द्रनगर पुगेका हुन् ।

ghar sansar
सम्बन्धित
Loading...