ghar sansar

काँग्रेस कार्यकर्ताको दबावपछि राजीपुरमा स्वतन्त्र उम्मेदवार सिहको चुनाव सम्पर्क कार्यालय बन्द, उम्मेदवार सिह भन्छन्– जबरजस्ती गरियो, कानुनी उपचार खोज्छु

dirghayu ad

महेन्द्रनगर । काँग्रेस कार्यकर्ताले भीमदत्त नगरपालिका १ राजीपुरस्थित कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिहको चुनाव सम्पर्क कार्यालय बन्द गराएका छन् । सिहले शुक्रबार विहान राजीपुरमा सम्पर्क कार्यालय खोलेको थिए ।

काँग्रेस कार्यकर्ताले घरधनीलाई दबाव दिएर सम्पर्क कार्यालय बन्द भएको छ । घरधनीले दबावपछि कार्यालयमा टाँसिएको सिहको प्रचार ब्यानर हटाई दिएका छन् । यस अघि शुक्रबार कार्यालय राख्न खोज्दा अवरोध गरिएको थियो ।

ratnam malkhad

स्वतन्त्र उम्मेदवार सिहको सचिवालयका अनुसार वडा नं. १ का वडा अध्यक्ष आशेफ कुँबर लगायतले घरधनीलाई कार्यालय बन्द गर्न दवाव दिएको सिहका समर्थकले बताएका छन् ।

स्वतन्त्र उम्मेदवार सिहले काँग्रेस कार्यकर्ताले आफूले राखेका कार्यालयलाई जबरजस्ती बन्द गरेको बताए । ‘त्यो कार्यालय राखिएको घरको मान्छेलाई अनावश्यक दबाव दिइयो, डर धाक धम्ँकी दिइयो, त्यसपछि कार्यालय बन्द भएको छ’ उनले भने ।

शुक्रबार सिहले शुक्रबार उद्घाटनपछि कार्यालय बन्द दिन दबाव दिएको सार्वजनिक गरेका थिए । उनले त्यस विरुद्ध कानुनी उपचार खोज्ने मनस्थिति बनाएको सार्वजनिक गरेका थिए ।

Himal dental
सम्बन्धित
Loading...