ghar sansar

उपहार खाजा घरमा ताला लगाएर निवर्तमान वडा अध्यक्ष बोहराले घर लगे समान, व्यवसायी भट्ट परिवारले गुहारे उद्योग बाणिज्य

महेन्द्रनगर । भीमदत्त नगरपालिका ४ का निवर्तमान वडा अध्यक्ष लक्ष्मीदत्त बोहराले पसलको ताला काटेर समान घर लगेपछि व्यवसायीले कञ्चनपुर उद्योग बाणिज्य संघ गुहारेका छन् । संघले बोहरा र व्यवसायी दुबैलाई छलफलका लागि संघको कार्यालयमा बोलाएको छ ।

महेन्द्रनगर बजारको पूरानो वसपार्कस्थित हरिश भट्टको उपहार खाजा घरको ताला तोडेर बोहराले त्यसभित्रका सबै सरसमान घरमा लगेका छन् । समान घर लगेर बोहराले पसल अर्को व्यक्तिलाई भाडामा दिएका छन् ।

lotus institite

भट्ट परिवारले ६ वर्ष अघि शेर सिह धानुकबाट ७ लाखमा पसल किनेर व्यवसाय सञ्चालन गर्दै आएका थिए । गुरुजी फेन्सी स्टोर खोलेर व्यवसाय सुरु गरेका भट्ट परिवारले पछिल्लो पटक खाजा घर सञ्चालन गरेका थिए ।

खाजा घरका सञ्चालक भट्ट सवारी दुर्घटनामा परेपछि केही महिनादेखि पसल बन्द गरिएको थियो । पसल बन्द भएपछि बोहराले ताला तोडेर समान घरमा लगेर अर्कैलाई भाडामा लगाएका छन् ।

तत्कालिन नगर विकास समितिबाट जग्गा भाडा लिएर निवर्तमान वडा अध्यक्ष बोहराले पसल बनाएर भाडामा लगाएका थिए । बोहराबाट भाडामा लिएका धानुकबाट भट्ट परिवारले पसल किनेका हुन् ।

daimond public

‘ताला तोड्छौ भनेर खबर गरिएको थियो, त्यसभित्र सबैका समान लगेर गएका रहेछन्, अर्कै व्यक्तिलाई पनि भाडामा लगाइएको छ’ भट्टकी धर्मपत्नि पार्वतीले भनिन् ।

उनका अनुसार खाजा घरभित्र ६ लाख बढी मूल्यका सरसमान थिए । बोहराले भट्ट परिवारका सदस्यको अनुपस्थितिमा भाडा नदिएको भन्दै प्रहरी लगाएर ताला तोडेका थिए ।

‘भाडा नदिएको भनेर ताला तोडेर समान घरमा लगिएको छ’ उनले भनिन्,‘भाडा दिएका छौ, श्रीमान दुर्घटनामा परेपछि पसल बन्द भएपछिको भाडा दिन बाँकी छ ।’

उद्योग बाणिज्य संघको छलफलमा बोहराले भाडा रकम दिएर समान लैजान दिने बताएका छन् । भट्ट परिवारले भने पसल किन्दा लागेको सात लाख सहित समान दिनु पर्ने अडान लिएका छन् ।

‘हामीले ७ लाखमा पसल किनेका छौ, त्यो सहित समान दिनु पर्छ भनेर भनेका छौ’ उनले भनिन्,‘त्यसका लागि बाणिज्य संघमा पुगेका हौ ।’

भट्ट परिवारले मासिक ६ हजारका दरले पसलको भाडा तिर्दै आएका छन् । निवर्तमान अध्यक्ष बोहराले नगर विकास समितिबाट जमिन भाडामा लिएर डेढ दर्जन बढी पसल बनाएर भाडामा लगाएका छन् । उनी २०७४ को निर्वाचनमा काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

Himal dental
सम्बन्धित
Loading...