ghar sansar

भीमदत्त १५ को कालिका टोलमा स्थानीयले लेखकलाई सोधे – १८ वर्षसम्म के के विकास गर्नु भयो त ?

dirghayu ad

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रमेश लेखकलाई भीमदत्त नगरपालिका १५ कालिका टोलमा लामो समय सत्तामा बसेर गरेको विकास बारे स्थानीले सोधेका छन् । उीनहरुले १८ वर्ष साँसद भएर केही काम गर्न नसकेको भन्दै लेखकसित आक्रोश समेत पोखे ।

स्थानीय राम सिंह घरेडीले लेखकलाई टोलको विकासका लागि के काम गर्न भो भन्दैँ प्रश्न गरेका छन् । लेखकले उनको प्रश्नको जवाफ नदिएको सहभागीहरुले बताए ।

ratnam malkhad

‘हिजो टोल भेला गरेर रमेख लेखक भोट माग्न आउनु भयो, अहिलेसम्म यहाँका जनताको लागि के गर्नु भो भन्दा उहाँ प्रश्नको जवाफ नदिई जानु भयो ।

स्थानीय घरेडीले भने उहाँले हाम्रो टोलका लागि कुुनै काम गर्नु भएको छैन्,प्रश्न गरेपछि तपाईलाई पछि भेट्छु भनेर जानु भएको छ ।

१८ वर्ष सांसद हुदैँ मन्त्री बनेकाले लेखकले स्थानीय विकास र जनजिविकाको सवालमा काम गर्न नसकेको आरोप छ । कांग्रेस नेता लेखक कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमाले नेतृ निरु पालसँग मुख्य चुनावी प्रतिस्पर्धा छन् ।

Himal dental
सम्बन्धित
Loading...