
दोधारा । दोधारा चाँदनी नगरपालिकाको प्रचण्ड चण्डिका रामलिला व्यवस्थापन समितिले पत्रकार पप्पु गुरुङ्गलाई सम्मान गरेको छ । दोधारा चाँदनी नगरपालिका ३ देबिस्थानमा सकिएको रामलिला नाट्य श्रंखलामा पत्रकारिताको माध्यमबाट सहयोग गरेको भन्दै सम्मान गरिएको छ ।
डेढ दशकदेखि पत्रकारितामा सक्रिय गुरुङ्ग आजको नयाँ विकल्प दैनिकका उप सम्पादक हुन् । रामलिला व्यवस्थापन समितिका संयोजक अमृता शाही साउँले पत्रकारिताको माध्यमबाट रामलिला सञ्चालनमा दिएको योगदानको कदर गर्दै सम्मान गरिएको बताइन् ।
कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, उप मेयर गंगा देबी जोशी र सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनी (देबिस्थान) का्रहरी निरीक्षक प्रविण फु¥यालले सम्मान पत्र प्रदान गरेका छन् ।
यसैबीच रामलिला नाट्य श्रंखलाका निर्देशक, पात्र, ब्यवस्थापन, संगितकार, स्वयम् सेवक, चन्दादातालाई पुरस्कार तथा सम्मान गरिएको गरिएको छ ।
प्रचण्ड चण्डिका रामलिला ब्यवस्थापन समिति दोधारा चाँदनीका संयोजक अमृता शाही साउँदको सभापतित्वमा संचालन भएको सम्मान कार्यक्रमका प्रमुख अतिथी दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, बिशिष्ठ अतिथीमा उपमेयर गंगा देबी जोशी रहेका थिए भने, अतिथीमा दोधारा चाँदनी नगरपालिका ५ का वडा अध्यक्ष केशव खत्री, वडा नं. ३ का वडाध्यक्ष हरिसिंह धनाडी, अधिकारकर्मी खिमा चन्द, नन्दा खत्री, मथुरा पन्त, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनी (देबिस्थान) मा प्रहरी निरिक्षक प्रबिण फु¥याल लगाएत रामलिला संचालनमा सहयोग गर्ने सहयोगी, कलाकार सहभागी भएका छन् ।
कार्यक्रममा रामलिला नाट्य श्रंखलाका निर्देशक, पात्र, ब्यवस्थापन, संगितकार, स्वयम् सेवक, चन्दादाताहरुलाई समेत पुरुस्कार तथा सम्मान गरिएको छ ।
