दोधारा चाँदनीमा फेरि काँग्रेस कार्यकर्ता एमाले प्रवेश, पाल र विष्टले गरे स्वागत

दोधारा । दोधारा चाँदनी नगरपालिकामा आइतबार काँग्रेसका कार्यकर्ता एमाले प्रवेश गरेका छन् । उनीहरुलाई एमालेका प्रतिनििध सभा सदस्यका उम्मेदवार निरुदेवी पाल र प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्टले स्वागत गरेका छन् ।

दोधारा चाँदनी नगरपालिका ७ बाबाथान बजारमा गरिएको कार्यक्रममा उनीहरु सबै काँग्रेस जनताको हितमा काम नगर्ने पार्टी रहेको भन्दै एमाले प्रवेश गरेका छन् ।

उनीहरुमा दोधारा चाँदनी नगरपालिका ७ का मिना देबी सुनार, शेर बहादुर, मिनु सुनार, सोम बहादुर सुनार, पुनम सुनार, दुर्गा बहादुर सुनार, भावना सुनार, मिना मगर, साबित्री सुनार लगायतका छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.