ghar sansar

स्वतन्त्र उम्मेदवार सिहको चुनावी प्रतिवद्धता सार्वजनिक, कृषि अनुदानको बेथिति रोक्नेदेखि भीमदत्त र दोधारा चाँदनीलाई स्मार्ट सिटी बनाउनेसम्मका वाचा

little buddha academy
khasi

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार दिपक बहादुर सिहले आइतबार चुनावी प्रतिवद्धता सार्वजनिक गरेका छन् । भीमदत्त नगरपालिका ४ जानकीटोलस्थित निर्वाचन परिचालन कार्यालयमा पत्रकार सम्मेलन गरी सिहले ११ बुँदे चुनावी प्रतिवद्धता सार्वजनिक गरेका हुन् । उनी पुतली चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका छन् ।

सिहको चुनावी प्रतिवद्धतामा कृषि, स्वास्थ्य, वन, वातावरण तथा पर्यटन, शिक्षा, रोजगारी, विकास निर्माण, खेलकूद, आवाश, सामाजिक सुरक्षा र नियन्त्रण लगायतका विषयमा समावेश गरिएका छन् ।

,orning glory badhai

कृषि क्षेत्रको अनुदानलाई बेथिति रोक्ने, भीमदत्त र दोधारा चाँदनी नगरपालिकामा कृषि संकलन केन्द्र स्थापना गर्ने, महाकाली प्रादेशिक अस्पताललाई मेडिकल कलेजका रुपमा विकास गर्ने, दुबै नगरपालिका विद्यालयलाई जस्ताको छाना मुक्त बनाउने, कृषि उद्योग सञ्चालन गर्ने लगायतका काम प्रतिवद्धतामा उल्लेख गरेका छन् ।

भीमदत्त र दोधारा चाँदनीलाई स्मार्ट सिटी बनाउने प्रतिवद्धता सिहले अघि सारेका छन् । उनले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह र एकीकृत जाँच चौकी स्थापनालाई प्राथमिकता दिने प्रतिवद्धता गरेका छन् । सिहले भीमदत्त र दोधारा चाँदनी नगरपालिका मिलाएर उप महानगरपालिका बनाउन पहल गर्ने वाचा गरेका छन् ।

dirghayi clinic

निर्वाचन क्षेत्रका सबै वडामा खेल मैदान निर्माण गरी गर्ने र दोधारा चाँदनीमा कबर्ड हल बनाउने सिहको प्रतिवद्धता छ । दोधारा चाँदनीको कुतियावकर, सुन्दरनगर, कञ्चनजभोज र बडुवाल टोललाई व्यवस्थित वस्तीका रुपमा विकास गरिने वाचा सिह घोषणा पत्रमा उल्लेख गरेका छन् ।

अनाथ बालबालिकाका लागि अनाथ सञ्चालन र वृद्धाश्रम व्यवस्थित गर्ने, दुव्र्यसन मुक्त बनाउने र गरीबलाई निःशुल्क न्याय पाउने व्यवस्था मिलाउने प्रतिवद्धता सिहले सार्वजनिक गरेका छन् ।

सिहले जोगबुडा र महाकाली नदीको कटान रोक्न बाँध निर्माण गर्ने वाचा गरेका छन् । उनले चुरे क्षेत्रमा वृहत वृक्षारोपण कार्यक्रम सञ्चालनलाई घोषणा पत्रमा समावेश गरेका छन् ।

छाडा पशु चौपाया व्यवस्थापन, दुर्गम वस्तीमा सूचना प्रविधि विस्तार र सार्वजनिक स्थानमा शौचालय, सडक बत्ती जडान र विद्युत नपुगेको ठाउँमा सेवा विस्तार गरिने वाचा प्रतिवद्धता समावेश गरिएको छ । चुनावी प्रतिवद्धतामा सिहले मतदातालाई घरदैलोमा आउँदा चुनाव लड्ने स्रोत के हो भनेर सोध्न पनि आग्रह गरेका छन् ।

उनले कार्यक्रममा दलका नेताहरुमा अत्यधिक सत्ता लिप्सा देखिएकोमा चिन्ता व्यक्त गरे । ‘सबै भन्दा राम्रो एक पटक जित्नु नै हो, भएन भने दुई पटकसम्म ठिकै छ, यहाँ त पटक पटक एकै मान्छे आएका छन्’ उनले भने,‘राजनीतिलाई आजीवन पेशा बनाएका छन्, खासमा राजनीतिक पेशा नभएर सेवा हो ।’

स्वतन्त्र उम्मेदवार सिहले चुनाव प्रचारमा पटक पटक होइन एक पटक, राजनीतिक पेशा होइन, सेवा हो भन्ने चुनावी नारा बनाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...