
महेन्द्रनगर । भीमदत्त नगरपालिका १६ का किसानले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यमा एमाले उम्मेदवारलाई सहयोग गर्ने वाचा गरेका छन् । भीनपा १६ मा आयोजना गरिएको कार्यक्रममा उनीहरुले किसानका मुद्दामा सहयोग गर्ने पार्टी एमाले भएकाले आफूहरु सबैले सहयोग गर्ने बताए ।
प्रतिनिधि सभा सदस्यका उम्मेदवार निरुदेवी पाल र प्रदेश सभा सदस्यका उम्मेदवार सुरेन्द्र विष्ट सहभागी कार्यक्रममा स्थानीय ईश्वरी जोशीले आफूले किसानको मुद्दामा सहयोग गर्ने पार्टीलाई साथ दिने बताईन् ।
तृत्वको सरकारले किसानको पक्षमा काम गरेको उल्लेख गर्दै उनले अगामी दिनमा पनि साना किसानलाई व्यवसायिक बनाउन कार्यक्रम ल्याउनु पर्ने आशा राखिएको बताइन् ।
अर्का किसान अनिता पन्त भट्टले पनि एमाले उम्मेदवारलाई साथ दिने बताईन् । उनले नगर प्रमुख सुरेन्द्र विष्ट नेतृत्वको भीमदत्त सरकारले सुरुवाती चरणमा जस्तै छाडा चौपाया व्यवस्थापनलाई निरन्तता दिनु पर्ने बताईन् ।
उनले किसानका मुद्धामा पार्टीले काम गरिरहेकाले आफूहरुले सहयोग गर्ने पनि बताईन् । उनले उम्मेदवारलाई किसानका समस्या समाधानका लागि पहलसँगै क्षमता विकासमुलक तामिलका लागि पनि पहल गरि दिन आग्रह गरिन् ।
नेकपा एमालेले प्रतिनिधि सभामा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ मा निरुदेवि पाल र प्रदेश सभा सदस्य (३ ख) मा सुरेन्द्र विष्टलाई उम्मेदवार बनाएको छ ।
