ghar sansar

देउवाले माओवादीका भट्टलाई नै मुख्यमन्त्री बनाउने भए दिवान विष्टलाई आश देखाएर किन लडाए त चुनाव

khasi

महेन्द्रनगर । काँग्रेस सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री गठबन्धनकै हुने दाबी गरेका छन् । डडेल्धुराको जोगबुढामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले भने‚ ‘अबको सुदूरपश्चिमको मुख्यमन्त्री खगराज भट्ट नै हो । मेरो पार्टीले भनि हाल्यो अबको मुख्यमन्त्री भट्ट नै हुन्, तपाईंहरू जिताएर पठाउनुस् ।’

यसअघि उनलाई त्यहाँ ३२ किलोको माला पहिराएर सम्मान गरिएको थियो। संयुक्त लोकतान्त्रिक–वाम गठबन्धन परशुराम नगरपालिकाले आइतबार जोगबुढामा देउवालाई ३२ किलोको माला पहिराएर सम्मान गरेको हो । देउवालाई ३२ बुँदे मागसहित ३२ किलोको माला लगाइ सम्मान गरिएको गठबन्धन डडेल्धुराले जनाएको छ। देउवा चुनावी सभालाई सम्बोधन गर्न यहाँ आएका हुन् ।

dirghayi clinic

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेता भट्टलाई मुख्यमन्त्री बनाउने भनेपछि मुख्यमन्त्रीको प्रचार गरी चुनावी मैदानमा होमिएका काँग्रेस नेता दिवान सिह विष्ट तनावमा परेका छन् । देउवाले मुख्यमन्त्री बनाउने आश दिएपछि प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका विना मगरलाई सहयोग गर्ने गरी विष्ट प्रदेश सभा सदस्य लडेका छन् ।

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ (ख) का प्रदेश सभा सदस्यका उम्मेदवार विष्ट मुख्यमन्त्री पाउने आशपछि मात्रै प्रदेश सभा सदस्य लडेका थिए । उनी यस पटक साँसद मगरलाई हराएर अघिल्लो हारको बदला लिने गरी अघि बढेका थिए ।

प्रधानमन्त्री देउवाले विष्टबाट असहयोग हुने आशंकामा मगरलाई असहज नहुने गरी प्रदेश सभाका दुबै क्षेत्रमा काँग्रेसका उम्मेदवार बनाएका छन् ।

Himal dental
सम्बन्धित
Loading...