ghar sansar

प्रधानमन्त्री देउवाको अनिच्छाले मझगाउँ विमानस्थल सञ्चालन कार्य रोकिएको निवर्तमान साँसद भट्टको दुखेसो, भन्छन्– प्रधानमन्त्री आफैं रक्षामन्त्री भएकाले सानो निर्णय गर्दा पनि काम अघि बढ्न सक्थ्यो

little buddha academy
khasi

महेन्द्रनगर । नेकपा एमालेका निवर्तमान साँसद डा. दिपक प्रकाश भट्टले प्रधानमन्त्री शेर बहादुर देउवाको अनिच्छाले मझगाउँ विमानस्थल सञ्चालन कार्य रोकिएको बताएका छन् । उनले प्रधानमन्त्री देउवा आफैं रक्षामन्त्री भएकाले सानो निर्णय गर्दा पनि विमानस्थल निर्माण कार्य अघि बढ्ने उल्लेख गरे ।

‘नेपाली सेनाले विमानस्थलको केही भूभाग कब्जा गरेको छ’ उनले भने ‘प्रधानमन्त्री देउवाले नै समालेको रक्षा मन्त्रालयले सानो निर्णय गरि दिए यसको काम अघि बढ्थ्यो तर त्यो उनले र नेपाली कांग्रेसलाई विकासको काम अघि बढाउन चाहेको छैन् ।’

,orning glory badhai

अघिल्लो निर्वाचन जितेपछि साँसद भट्टले विमानस्थल निर्माण कार्य अघि बढाएका हुन् । सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहको साझेदारीमा सुरु गरिएको काम सेना मातहतको रत्न वाटिकामा तारबार गरेपछि रोकिएको छ ।

dirghayi clinic

सेनाले शाहीकालमा विमानस्थल जग्गा गैर कानुनी रुपमा आफ्नो नाममा दर्ता गरी जग्गाधनी पूर्जा लिएको छ । यस अघि विमानस्थल पुनःसञ्चालनका लागि सेना सहित छलफल गरी अघि बढाईको थियो ।

निवतर्तमान साँसद भट्टले एमालेले जिते महाकाली र जोगबुढामा पक्की तटबन्धसँगै पुल पनि निर्माण गरिने बताए । उनले एमाले नेतृत्व सरकार बनेमात्रै जनता सुखी हुने उल्लेख गर्दै प्रधानमन्धी शेर बहादुर देउवाले हेलिकप्टरबाट आए पनि अहिलेसम्म क्षति अनुसार राहत पाउन नसकेको बताए ।

पछिल्ला पाँच वर्षमा नगरलाई विकास र आर्थिक केन्द्रको रुपमा जोड्ने काम भएको बताए । उनले महाकाली पुलको समयमै निर्माण कार्य सम्पन्न गरी दोधरा चाँदनी सुक्का बन्दरगाह निर्माणको काम अघि बढेकोले निकट भविष्यमा यो क्षेत्र देशकै ठूलो व्यापारिक नाकाको रुपमा विकसित हुने बताए ।

उनले लामो समयदेखि अवरुद्ध रहेका महाकाली करिडोरको कामलाई दोधराचाँदनीसँग जोडेर काम सुरु गरिएको पनि उनले बताए । ठूला विकासका आयोजना सञ्चालनका लागि एमालेलाई नै जिताउनु अपरिहार्य रहेको उनको भनाई छ ।

Himal dental
सम्बन्धित
Loading...